कोलकाता, 3 जून (हि.स.)। पश्चिम बंगालमा पछिल्लो 24 घण्टाभित्रमा कोभिडका 41 वटा नयाँ मामिला सामु आएको छ भने कोलकाताको एक निजी अस्पतालमा उपचाराधिन एकजना रोगीको मृत्यु भएको छ। यस आशयको जानकारी मंगलवार राज्य स्वास्थ्य विभागका एकजना अधिकारीले दिएका हुन्।
मृत महिलाको उम्र 43 वर्ष रहेको छ भने तिनी हावड़ाकी निवासी थिइन्। अधिकारीले बताए, महिला पहिलाबाट मृगौला सम्बन्धि रोगद्वारा ग्रस्त हुनको साथ हृद सम्बन्धि समस्यासित पनि जुझिरहेकी थिइन्। गए सोमवार अबेर राती महिलाले अस्पतालको आइसोलेशन वार्डमा अन्तिम सास लिइन्।
स्वास्थ्य मन्त्रालयद्वारा जारी जानकारी अनुसार पछिल्लो 24 घण्टाभित्रमा एघारजना रोगीहरू स्वस्थ भएर घर फर्किसकेका छन्। यसको साथै राज्यमा अब सक्रिय मामिलाको संख्या बढ़ेर 372 पुगेको छ।
राज्य सरकारले संक्रमणमाथि नजर राखिरहेको छ। स्वास्थ्य विभागले लगातार होशियारी अप्नाइरहेको छ। स्वास्थ्य विशेषज्ञहरूले मानिसहरूलाई सल्लाह दिएका छन्, उनीहरूले सतर्कता अप्नाउन् साथै आवश्यकता नपरूञ्जेल सार्वजनिक स्थानहरूमा नजाउन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा