अणुव्रत मण्डल पुनः सीबीआईको रडारमा, साक्षीहरूलाई प्रभावित पारेको तीव्र आशंका
अणुव्रत मण्डल पुनः सीबीआईको रडारमा, साक्षीहरूलाई प्रभावित पारेको तीव्र आशंका


कोलकाता, 03 जून (हि.स.)। पशु तस्करी मामिलामा दुई वर्ष तिहाड़ जेलमा बिताएपछि हालैमा जमानतमा रिहा भएका तृणमूल कंग्रेसका बाहुबली नेता तथा बीरभूमका पूर्व जिल्लाध्यक्ष अणुव्रत मण्डल फेरि एकपटक सीबीआईको लक्ष्यभित्र परेका छन्। एक आपत्तिजनक अडियो क्लिप भाइरल भएपछि उनीमाथि पुलिसले मात्र मामिला दर्ता नगरेर पार्टी नेतृत्वले पनि सार्वजनिक रूपमा हप्काए जसपश्चात उनलाई माफी माग्नुपऱ्यो।

अडियो क्लिपमा मण्डलले एकजना जिल्ला पुलिस अधिकारीलाई धम्काइरहेको सुन्न सकिन्छ जसमा उनले कथित रूपमा अधिकारीकी आमा र पत्नीसित बलात्कार गर्ने धम्की समेत दिएका थिए। यस घटनाले राजनीतिक जगतमा मात्र नभएर सीबीआईको पशु तस्करी मामिलाको जाँच पनि फेरि एकपटक तीव्र भएको छ।

सूत्र अनुसार सीबीआईले अब ती साक्षीहरूसित सम्पर्क गरिरहेको छ जसले पहिला मामिलामा बयान दिएका थिए ताकि यो पत्तो लगाउन सकियोस् कि उनीहरूलाई अणुव्रत मण्डलले धम्काएका त छैनन् वा बयान परिवर्तन गर्नको लागि बाध्य त बनाइरहेका छैनन्। सीबीआईले सब साक्षीहरूलाई स्पष्ट निर्देश दिएका छन्, यदि उनीहरूलाई मण्डल वा अन्य कुनै निकटवर्तीले धम्काउने वा मध्यस्थता गर्ने प्रयास गरिरहेका छन् भने तुरून्त एजेन्सीलाई सूचित गरियोस्।

कानूनका विशेषज्ञहरूको मान्यता छ, यदि कुनै पनि साक्षीले अणुव्रत वा उनको कुनै पनि प्रतिनिधिद्वारा धम्की वा हस्तक्षेपको सिकायत गरे सीबीआईले उनीविरूद्ध नयाँ एफआईआर दर्ता गराउनसक्छ वा उनको जमानतलाई रद्द गर्नको लागि उजुरी पनि गर्नसक्छ। वास्तवमा अणुव्रतलाई प्राप्त जमानतका शर्तहरूमा स्पष्ट रूपमा उल्लेख गरिएको छ, उनले कुनै पनि साक्षीलाई प्रभावित पार्ने छैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande