महिलाहरूको सुरक्षालाई लिएर भाजपाको ममता सरकारमाथि प्रहारए अमित मालवीयले भने- राज्यको जिम्मेवारी पूर्ण रूपले ध्वस्त भइसकेको छ
महिलाहरूको सुरक्षालाई लिएर भाजपाको ममता सरकारमाथि प्रहारए अमित मालवीयले भने- राज्यको जिम्मेवारी पूर्ण रूपले ध्वस्त भइसकेको छ


कोलकाता, 03 जून (हि. स.)। पश्चिम बंगालमा महिलाहरूको सुरक्षालाई लिएर एकपटक फेरि राजनीतिले गति समातेको छ। भारतीय जनता पार्टी (भाजपा)- का आईटी सेल प्रमुख औ राज्यका केन्द्रिय पर्यवेक्षक अमित मालवीयले मंगलवार राज्यको ममता ब्यनर्जी सरकारमाथि धारिलो प्रहार गरे। उनले हालैमा मुर्शिदाबाद जिल्लाको रघुनाथगञ्ज थाना अन्तर्गत रानी नगर ग्राम पञ्चायतको भाटुपाड़ा क्षेत्रमा एकजना युवतीको अर्द्धनग्न तथा ग ला काटिएको शव भेटिएको घटनालाई लिएर कानून व्यवस्थाको कड़ा आलोचना गरे।

मालवीयले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) ह्याण्डलमा मंगलवार लेखे, “यो ममता ब्यनर्जीको पश्चिम बंगालमा महिलाहरूको सुरक्षाको वास्तविक स्थिति हो। एक भयावह घटनामा एकजना युवतीको अर्धनग्न, गला काटिएको शव भाटुपाड़ा क्षेत्रमा भेटियो। यस्तो बर्बर घटना, तर कसैले कही देखेन?”

उनले स्थानीय मानिसहरूको पक्षबाट भने, मृतका यस क्षेत्रकी थिइन। यस आधारमा उनले आशंका व्यक्त गरे, युवतीलाई बाहिरबाट ल्याएर यहाँ मारियो अनि उसको शवलाई खुल्ला ठाउँमा फालियो। उनले प्रश्न उठाए, यदि उक्त युवती स्थानीय थिइन भने उसलाई कतैबाट ल्याएर नृशंस हत्या गरी शव यहाँ फालियो त? पुलिसलाई कुनै सूचना छैन, कुनै निगरानी छैन, कुन प्रमाण छैन? यो कस्तो शासन हो?

अमित मालवीयले अझ भने, राज्यमा महिलाहरू लगातार भयपूर्ण परिवेशमा बाँचिरहेका छन्। महिलाहरूविरूद्ध भइरहेका जघन्य अपराध कि त प्रकाशमा आइरहेको छैन, कि त सरकारले त्यसलाई बेवास्ता गरिरहेको छ। उनलेभने, यो कानून व्यवस्थाको विफलता मात्र होइन जबकि यो मानवीय मूल्य अनि राज्यको जिम्मेवारीको पूर्ण रूपले पतन हो। कहाँ छ आक्रोश? कहाँ छ न्याय? कहाँ छन् राज्यकी गृहमन्त्री?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande