पेयजलको संकटमाथि भाजपा र माकपाको प्रदर्शन
पेयजलको संकटमाथि भाजपा र माकपाको प्रदर्शन


सिलगढ़ी, 03 जून (हि. स.)। पेयजलको समस्यालाई लिएर राजनीति गर्मिएको छ। मंगलवार सिलगढ़ी नगरनिगम सामु भाजपा र माकपाले व्यापक प्रदर्शन गरे। दुवै दलका नेता, पार्षद तथा कार्यकर्ताहरू हातमा बाल्टी र बोतल बोकेर प्रदर्शनमा सामेल भए।

वास्तवमा बितेका दुई दिनदेखिको शहरमा पिउने पानीको समस्या व्याप्त भएको छ जसबाट मानिसहरू हैरान भएका छन्। माकपा र भाजपाले सिलगढ़ी नगरनिगम सामु तृणमूल संचालित बोर्डको विरोधमा प्रदर्शन गरे। दुवै पार्टीका नेता तथा कार्यकर्ताहरूले नगरनिगमको गेट बाहिर हातमा बाल्टी र बोतल बोकेर नाराबाजी गरे।

पछि नेताहरूले सिलगढ़ी नगरनिगमभित्र प्रवेश गर्ने प्रयास गर्दा पुलिसले उनीहरूलाई रोक्यो। दुवै दलको प्रदर्शनको फलस्वरूप केही समयसम्म तनाउ व्याप्त भयो। तथापि पछि पुलिसले स्थितिलाई नियन्त्रण गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande