मानाह राष्ट्रिय उद्यानमा पर्यटकहरूको आकर्षणको केन्द्र बन्यो ब्ल्याक प्यान्थर
मानाह राष्ट्रिय उद्यानमा पर्यटकहरूको आकर्षणको केन्द्र बन्यो ब्ल्याक प्यान्थर


उदालगुड़ी (असम), 03 जून (हि.स.)। तल्लो असममा अवस्थित मानाह राष्ट्रिय उद्यानमा ब्ल्याक प्यान्थरका गतिविधिहरूले पर्यटकहरूलाई धेरै आकर्षित गरिरहेका छन्। यो पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु बनेको छ।

मानाहको बाँसबाड़ी रेञ्जमा दुईवटा ब्ल्याक प्यान्थरका गतिविधिहरूले मानाहमा आउने पर्यटकहरूलाई आनन्दित तुल्याएको छ। ज्ञात रहोस्, ब्ल्याक प्यान्थरको जनसंख्या धेरै कम छ। अन्य अभयारण्यहरूमा ब्ल्याक प्यान्थर देखिँदैन।

मानाहका टुरिस्ट गाइडको क्यामरामा दुईवटा ब्ल्याक प्यान्थरको अलग-अलग दृश्य कैद भएको छ। एउटा बाटोबीचमा बसेको र अर्को रूखको हाँगामा बसेको दृश्य क्यामरामा कैद भएको छ।

यी दृश्यहरूलाई असम सरकारका वन मन्त्री चन्द्रमोहन पटवारीले सोशल मीडियामा आफ्नो पेज शेयर गरेका छन्। ब्ल्याक प्यान्थरलाई हेर्नका लागि ठूलो संख्यामा स्थानीय पर्यटकहरू पनि मानाह राष्ट्रिय उदयानमा पुगिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande