सिलगढ़ी, 03 जून (हि. स.)। केन्द्रिय जाँच एजेन्सीका केही टीमहरूले मंगलवार बिहानदेखिकै सिलगढ़ीमा एक अन्तर्राष्ट्रिय गिरोहको भण्डाफोर गर्नका लागि ठाउँ-ठाउँमा छापामारी गरिरहेका छन्। सीबीआईकोयोछापा सिलगढ़ी नगरनिगम अधिनस्थ चार र पाँच नम्बर वार्ड सहित माटीगाड़ा क्षेत्रको कोला बस्तीमा चलिरहेको छ।
सूत्रअनुसारदुबईमानोकरीदिलाउने नाममा गरिएको धोकाधड़ीको मामिलामा यो छापामारी गरिएको हो जसको तार सिलगढ़ीसित जोड़िएको पाइएको छ। भनिन्छ, केन्द्रिय जाँच एजेन्सीले सिलगढ़ी नगरनिगमको चार नम्बर वार्डमा महाराज कलोनीस्थित शुभम गुप्ताको घरमा छापामारी गरिरहेको छ।
वार्ड नम्बर पाँचस्थित नतुनपाड़ाको सोनु ठाकुर अनि सूरज तामाङको घरमा पनि छापामारी गरिँदैछ। माटीगाड़ाको कोला बस्ती क्षेत्रमा अवस्थित एक घरमा पनि केन्द्रिय जाँच एजेन्सीले छापा मारिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा