गुवाहाटी, 3 जून (हि.स.)। असमक मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार आध्यात्मिक विचार, शान्ति अनि सद्भावनाको सन्देशबाट समाजलाई आलोकित पार्ने परमगुरू ईश्वरलाई प्रणाम अर्पण गरे।
मुख्यमन्त्रीले भने, “कृष्ण भक्तिको अमिय (अमृतमयी) धाराबाट हामीलाई मोहित पारेर एक शक्तिशाली अनि सर्वाङ्ग सुन्दर समाज निर्माण गर्ने प्रेरणा दिने परमगुरू कृष्णगुरू ईश्वरको आशीर्वादले सबैको जीनमा सुख, शान्ति अनि समृद्धि लिएर आउन्, यही नै कामना गर्दछु।”
उनले यो सन्देश कृष्णगुरु सेवाश्रमसित सम्बन्धित एक आध्यात्मिक अवसरमा साझा गरेका हुन् जो असमका लाखौं श्रद्धालुहरूको निम्ति विशेष महत्व राख्दछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा