पुलिस अधिकारीको सर्भिस रिवल्वरले कन्स्टेबलले आफैमाथि ठोके गोली
पुलिस अधिकारीको सर्भिस रिवल्वरले कन्स्टेबलले आफैमाथि ठोके गोली


गोपाल नगर (उत्तर 24 परगना), 3 जून (हि.स.)। उत्तर 24 परगना जिल्लाको गोपालनगर थानान्तर्गत दश माइल क्षेत्रस्थित नाका जाँच चौकीमा प्रभारी अधिकारीको सर्भिल रिवल्वरले सोही चौकीका कन्स्टेबलले आफैमाथि गोली ठोकेर आत्महत्या गर्ने प्रयास गरे। गए सोमवार राती भएको यस घटनामा घाइते कन्स्टेबलको नाम बिभास घोष हो जो गोपालनगर थानाको सैप दुई नम्बर बटालियनका कन्स्टेबल हुन्।

गम्भीर रूपमा घाइते अवस्थामा बिभासलाई तत्काल बनगाउँ महकुमा अस्पतालमा लगियो। खबर पाउनसाथ बनगाउँ जिल्ला पुलिस अधीक्षक दिनेश कुमार बनगाउँ महकुमा अस्पतालमा पुगे। तथापि बिभासको स्थिति झन् गम्भीर भएको कारणले तिनलाई कोलकाताको पीजी अस्पतालमा भर्ती गरियो। पुलिसले बताए, घाइते कन्स्टेबल बिभासले लामो समयदेखिकै नर्व ड्रग्स सेवन गर्दै आइरहेका थिए। पुलिसले यस कुराको जाँच गरिरहेको छ, उसले आफूमाथि गोली किन चलायो?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande