नयाँ दिल्ली, 03 जून (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मंगलवार वरिष्ठ भाजपा नेता एवं पूर्व केन्द्रिय मन्त्री गोपीनाथ मुण्डेलाई उनको पुण्यतिथिमा आज श्रद्धाञ्जलि दिइन्। उनले भनिन्, गोपीनाथ मुण्डेको योगदान जनकल्याणको लागि एक प्रेरणाश्रोत हो।
रेखा गुप्ताले एक्समा पोस्ट गरी लेखिन्, गोपीनाथ मुण्डेको राष्ट्र निर्माण, ग्रामीण विकास एवं जनकल्याणप्रति अखण्ड समर्पण तथा संघर्षशील जीवन हामी सबैको लागि प्रेरणाश्रोत हो।
उनले भनिन्, मुण्डेले दलित तथा प्रभावित मानिसहरूको अधिकार र हितको लागि संघर्ष गरे। बहुजम समाज तथा अन्य पछौटे वर्गका अधिकारहरूको लागि उनले संघर्ष गरे। उनको योगदान भारतीय राजनीतिको स्मृतिमा सदैव अमेट रहनेछ।
उल्लेखनीय छ, गोपीनाथ मुण्डेले राष्ट्रिय स्वयंसेवक संघको प्रचारकको रूपमा राजनैतिक जीवनको शुरूआत गरे। उनी भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं महाराष्ट्रका पूर्व उपमुख्यमन्त्री थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा