बाढ़ीको पानीमा डुबेर पाँच वर्षीय बालकको मृत्यु
बाढ़ीको पानीमा डुबेर पाँच वर्षीय बालकको मृत्यु


नगाउँ (असम), 03 जून (हि.स.)। बाढ़ीको पानीमा डुबेका पाँच वर्षीय बालकको शवलाई मंगलवार उद्धार गरियो। प्राप्त जानकारी अनुसार जिल्लाको कामपुर पश्चिम नारायणपुरमा बाढ़ीको पानीमा झरेर एकजना बालकको मृत्यु भयो।

गए सोमवार खेल्दा-खेल्दै अचानक बालक बेपत्ता भयो। परिवारका सदस्यहरूले सबैतिर बालकलाई खोजे, तर कतै पत्तो लागेन। आज बिहान खेतमा बालककको शव पानीमा तैरिरहेको देखियो। मृत बालकको नाम विशाल राजबर (5) हो। ग्रामीणहरूले बताए, बालकलाई जन्म दिएको तुरून्तैपछि उसकी आमाको मृत्यु भएको थियो। बालकको पालन-पोषण उसकी फुपुले गरिरहेकी थिई।

सूचना पाउनसाथ घटनास्थलमा पुगेको कचुवा पुलिसले बालकको शवलाई पोस्टमर्टम गर्नको लागि नगाउँ सदर अस्पतालमा पठाइदिएको छ। यस घटनालाई लिएर गाउँमा शोक व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande