पोबितरा अभयारण्यको 20 प्रतिशत क्षेत्रमा पस्यो बाढ़ीको पानी
पोबितरा अभयारण्यको 20 प्रतिशत क्षेत्रमा पस्यो बाढ़ीको पानी


मोरीगाउँ (असम), 03 जून (हि.स.)। एक सिंगे गैंड़ाको प्रमुख आवासस्थल पोबितरा अभयारण्यमा पनि बाढ़ीको पानी पसिसकेको छ जसले वन्य जीवहरूको निम्ति विकट स्थिति उत्पन्न गराएको छ।

सम्पूर्ण राज्यमा बाढ़ीको स्थिति बिस्तारै जटिल बन्दै गइरहेको छ। यसै क्रममा बाढ़ीले मोरी गाउँ जिल्लालाई पनि भयंकर रूपमा प्रभावित पारेको छ। पोबितरा अभयारण्य पनि बाढ़ीको चपेटमा परेको छ। अभयारण्यको 20 प्रतिशत क्षेत्र जलमग्न भएको छ।

पोबितरा वन विभागबाट प्राप्त जानकारी अनुसार जनावरहरूलाई अहिलेसम्ममा कुन नोक्सान पुगेको छन। यसबीच मायंगको विस्तृत क्षेत्र जलमग्न भएको छ। पकरिाका विभिन्न क्षेत्रहरूमा सड़क सम्पर्क नै विच्छेद भएको छ।

खेतहरूमा पाकेको अन्नबाली बाढ़ीको पानीमा डुबेको छ। वन विभागले बाढ़ीलाई मध्यनजर गर्दै सुरक्षित क्षेत्रमा पलायन हुने वन्य जीवहरूको सुरक्षा अनि अवैध शिकारीहरूको कुनै पनि प्रकारको गतिविधिलाई लिएर सतर्कता अप्नाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande