हावड़ा, 03 जून (हि. स.)। विकसित कृषि संकल्प अभियान अन्तर्गत कृषि विज्ञान केन्द्र (केवीके), हावड़ाद्वारा एक समग्र पशु स्वास्थ्य शिविर औ प्राक-खरीफ जागरूकता कार्यक्रमको आयोजन सोमवार खदरघाट गाउँमा गरियो। यस आशयको जानकारी मंगलवार केन्द्रका प्रवक्ताले दिएका हुन्। हिन्दुस्थान समाचार- लाई उनले बताए, यस पहलमा पश्चिम बंगाल सरकारको पशुपालन संसाधन विकास विभागको ब्लक पशुधन विकास कार्यालयले सहयोग गऱ्यो।
यस शिविरमा खदरघाट, निचबालिया औ गरबालिया गाउँबाट लगभग 150 जना ग्रामीणहरू पशुहरू सहित पुगे। स्थानीय प्राणी मित्र तथा जगत बल्लभपुर ब्लकका पशु चिकित्सा अधिकारीहरूको सहयोगमा ठूलो संख्यामा गाई अनि बाख्राहरूको स्वास्थ्य परीक्षण, टीकाकरण एवं आवश्यक उपचार गरियो। साथै पशुपालकहरूलाई निःशुल्क पशु चिकित्सा औषधि वितरण गरियो अनि उनीहरूलाई उन्नत पशुपालन पद्धतिको बारेमा जानकारी गराइयो ताकि पशुहरूको स्वास्थ्यसँगसँगै दुग्ध उत्पादनमा पनि सुधार आउन सकोस्।
भाकृअनुप-कृषि प्रौद्योगिकी अनुप्रयोग अनुसन्धान संस्थान, कोलकाताका निदेशक डा. प्रदीप डेले यस अवसरमा भने, ग्रामीण समृद्धिको मार्ग पशुधन हेरचाह, मौसमी फसल योजना औ प्राकृतिक संसाधनहरूको समावेशी प्रबन्धन भएर गुज्रिन्छ। उनले केवीके हावड़ाको यस पहलको सराहना गर्दै भने, यसप्रकारको कार्यक्रम अभियानको मूल भावनालाई धरातलमा लागू गर्नमा सहायक सिद्ध भएको छ। डा.डेले समेकित पशुपालन प्रबन्धन, जूनोटिक रोगहरूको रोकथाम, स्वच्छता एवं बायो-सिक्योरिटी उपायहरूलाई अप्नाउने आवश्यकतामाथि विशेष बल दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा