उत्तर 24 परगना, 3 जून (हि.स.)। उत्तर 24 परगना जिल्लाको खड़दह थाना क्षेत्रमा गए सोमवार राती गरिएको एक महत्वपूर्ण कारबाहीमा भारी मात्रामा अवैध हतियार अनि कारतूस जफ्त गरिएको छ। खड़दह तथा कामारहाटी थाना पुलिसको संयुक्त टीमले यो छापामारी गुप्त सूचनाको आधारमा गरेको हो जसमा मौलाना सलिम रोड निवासी नईम अ्न्सारीलाई पक्राउ गरिएको छ।
पुलिसले आरोपीको आवासबाट चारवटा देशी पाइप गन, चार राउण्ड 8 एमएम कारतूस, पाँच राउण्ड .03 क्यालिबर कारतूस, तीन राउण्ड 7.62 एमएम कारतूस अनि एक राउण्ड .318 नाइट्रो कारतूस जफ्त गरेको छ। यस घटनाले यस क्षेत्रमा सक्रिय कुनै संगठित आपराधिक नेटवर्क तर्फ संकेत गर्दछ जसलाई लिएर पुलिसले द्रूत गतिमा जाँच गरिरहेको छ।
गुप्त सूचनाको आधारमा पुलिसको टीमले पानीहाटीको नयाँ बस्ती क्षेत्रस्थित नईमको घरमा गए सोमवार अबेर राती छापा माऱ्यो। छापामारी गरेको सुइँको लाग्नसाथ आरोपीले भाग्ने प्रयास गऱ्यो, तर पुलिसले तत्परता देखाउँदै उसलाई आगरपाड़ाबाट पक्राउ गऱ्यो।
जाँचबुझमा आरोपीबाट हतियारहरूको आपूर्ति, किनबेच तथा त्यसको सम्भावित प्रयोगको बारेमा जानकारी जुटाइँदछ। साथै यी हतियारहरू कहाँबाट ल्याइएको हो र कुन उद्देश्यको लागि यति लामो समयसम्म हतियारहरूलाई घरमा लुकाएर राखिएको थियो आदि जानकारी पाउने प्रयास पनि पुलिसले गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा