गुवाहाटी, 3 जून (हि.स.)।आगामी वर्ष 2026-कोविधानसभा चुनाउको तयारीलाई गति प्रदान गर्नको लागि लोकसभा सांसद गौरव गोगोईले मंगलवार औपचारिक रूपमा असम प्रदेश कंग्रेस कमिटी (एपीसीसी)-कोअध्यक्षकोपदभार ग्रहण गरे।
गुवाहाटीस्थित कंग्रेस मुख्यालयमाआयोजित समारोहमाउनले भूपेन कुमार बोराबाट पदभार ग्रहण गरे जसले बितेको तीन वर्षभन्दा अधिक समयसम्म पार्टीलाई नेतृत्व गरे। यस अवसरमा एआईसीसी महासचिव जितेन्द्र सिंह अनि विधानसभामा नेता प्रतिपक्ष देबब्रत सौकिया सहित केही वरिष्ठ नेताहरू उपस्थित थिए। कार्यभार ग्रहण गर्नपूर्व गोगोईले कामाख्या मन्दिरमा पूजा-अर्चना गरी आशीर्वाद लिए।
पदभार ग्रहण गरेपछि मीडियासित बातचित गर्दै उनले भने, महात्मा गान्धी, जवाहरलाल नेहरू, हितेश्वर सैकिया तथा मेरा पिता तरूण गोगोईको विचारधाराबाट प्रेरित भएर हामी कंग्रेसलाई अघि बढ़ाउनेछौं। हाम्रोप्रतिबद्धता समावेशितातथासमानताकामूल मूल्यहरूप्रति अडिगछ।
कंग्रेसबाटलोकसभा सांसद गोगोईकोनियुक्तियस्तो समयमा भएको छ जतिबेला मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले उनीमाथि उनकी ब्रिटिश पत्नीको कथित रूपमा पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसित सम्बन्ध रहेको आरोप लगाएका छन्।
यसपूर्व उनले शिवसागरदेखि गुवाहाटीसम्म तीन दिवसीय प्रतीकात्मक पदयात्रा निकाले। यात्रा अवधि उनले तिताबर, जोरहाट, नगाउँ, मोरीगाउँर जगिरोडमा विश्राम गरे। हरेक ठाउँमा पार्टी कार्यकर्ता अनि समर्थकहरूले उनलाई उत्साहपूर्वक स्वागत गरे जसबाट उनको पकड़ र जनसम्पर्क क्षमता प्रदर्शन भयो।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा