मेयरले जल निकासी केन्द्रको गरे निरीक्षण
मेयरले जल निकासी केन्द्रको गरे निरीक्षण


सिलगढ़ी, 03 जून (हि. स.)। सिलगढ़ी शहरमा बितेको दुई दिनदेखि भयानक जल संकट व्याप्त भएको छ। शहरका विभिन्न भागहरूमा जलापूर्ति बाधित भएकोले क्षेत्रवासीलाई असुविधा भइरहेको छ। यस्तो अवस्थामा मंगलवार सिलगढ़ी नगरनिगमका मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार, एमएमआईसी दुलाल दत्त समेत केही अधिकारीहरू फुलबाड़ी जल निकासी केन्द्र अनि वैकल्पिक इन्टेक वेल निरीक्षण गर्न पुगे।

वास्तवमा सिक्किममा भइरहेको अविरल वर्षाको कारणले टिस्टा नदी मार्फत लेदो आइरहेको छ जुन फुलबाड़ीको इन्टेक प्वोइन्टमा जमा भइरहेको छ। फलस्वरूप जल निकासीमा ठूलो समस्या उत्पन्न भएको छ। फोहोर पानीलाई शुद्ध बनाउने प्रक्रियामा समस्या भएको कारणले सिलगढ़ीका केही वार्डहरूमा जलापूर्ति बाधित भइरहेको छ।

मेयर गौतम देवले भने, सिक्किममा आएको प्राकृतिक आपदाको कारणले टिस्टा नदीमा लेदो बगिरहेको छ जुन फुलबाड़ीको इन्टेक प्वोइन्टमा जमा भइरहेको छ जसबाट पानीको शुद्धिकरण प्रक्रिया नै प्रभावित भइरहेको छ। शहरमा व्याप्त जल संकटको समाधान गर्न नगरनिगमका 33 वटा अनि पीएचईका 25 वटा ट्यांकरहरूलाई जलापूर्ति कार्यमा खटाइएको छ। उनले अझ भने, शहरमा व्याप्त जल संकटको सामना गर्नको लागि भोलिदेखि 1.5 लाख पानीको पाउच वितरण गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande