हावड़ा, 3 जून (हि.स.)। राष्ट्रिय राजमार्ग- 16 विशेष रूपले रानिहाटी काली मन्दिरदेखि लिएर नाउपाला (कोलाघाट शरत सेतु)- सम्म लगभग 39 किलोमीटरको खण्ड आम जनता तथा वाहन चालकहरूको लागि ज्यानमारा साबित भइरहेको छ। हालैको रिपोर्ट अनुसार यस मार्गमा 22 वटा ब्ल्याक स्पोट जोन रहेको छ जुन यस सड़कमा भइरहेका दुर्घटनाहरूका प्रमुख कारण बनिरहेको छ।
पुलिस आँकड़ा अनुसार वर्ष 2024-मा यस मार्गमा 163 जना मानिसहरूको मृत्यु भएको थियो भने वर्ष 2025-को मात्र पाँच महिनाको अवधिमा 50 जनाभन्दा अधिक मानिसहरूले आफ्नो ज्यान गुमाइसकेका छन् भने सयकड़ौं मानिसहरू घाइते भएका छन्। यसको मुख्य कारण फुट ओभरब्रिज र सर्भिस रोड नहुनु हो।
हावड़ा ग्रामीण पुलिसद्वारा ट्राफिक नियन्त्रण, नाइट पेट्रोलिंग औ जन जागरूकता अभियान जस्ता प्रयासहरू गरिँदैछ। तथापि नियमहरूको पालनमा लापरवारी गरिएको कारण दुर्घटनाहरू पूर्ण रूपले नियन्त्रित हुन सकेको छैन।
हावड़ा ग्रामीण जिल्ला पुलिस अधीक्षक सुबिमल पालले भने, पुलिसले आफ्नो तर्फबाट हरसम्भव प्रयास गरिरहेको छ।। उनले भने, हामीले लगातार रूपमा ट्राफिक पेट्रोलिंग, हेलमेट चेकिंग औ नियम उल्लंघन गर्नेहरूमाथि कारबाही गरिरहेका छौं। तर जबस्म आम नागरिकहरूले ट्राफिक नियम पालन गर्दैनन् तबसम्म दुर्घटनाका घटनाहरू घट्नेवाला छैन। राष्ट्रिय राजमार्ग प्राधिकरणका साइट इञ्जीनियर सौरभ सिन्हाले बताए, फ्लाईओभर अनि अण्डरपास निर्माणमा भूमि सम्बन्धि समस्या तथा कानूनी जटिलताहरू आइरहेको छ जसलाई हल गर्नको लागि प्रशासनसित बैठक गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा