सड़क दुर्घटनामा पुलिस कन्स्टेबलको मृत्यु
सड़क दुर्घटनामा पुलिस कन्स्टेबलको मृत्यु


मालदा, 03 जून (हि. स.)। गए सोमवार राती भएको एक सड़क दुर्घटनामा राज्य पुलिसका एकजना कन्स्टेबलको मृत्यु भयो। मृत कन्स्टेबलको नाम विश्वजीत घोष (40) हो। कालियाचकको नाजिरपुर क्षेत्रका निवासी विश्वजीत मालदा जिल्ला पुलिस लाइनमा कार्यरत थिए।

पुलिस सूत्र अनुसार विश्वजीत घोष गए सोमवार राती आफ्नो बाइकमा साहापुर गइरहेका थिए। यसै क्रममा एक द्रूत गतिको कारले उसको बाइकलाई ठक्कर दियो जसमा विश्वजीत गम्भीर रूपमा घाइते भए। सथानीय मानिसहरूले पुलिसकर्मीलाई मालदा मेडिकल कलेजमा पुऱ्याए। अस्पतालमा ड्यूटीमा तैनाथ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। मालदा थानाको पुलिसले घटनाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande