दुलियाजाना केही गाउँहरू बुढ़ीदिहिंग नदीको पानी पसेर जलमग्न
दुलियाजाना केही गाउँहरू बुढ़ीदिहिंग नदीको पानी पसेर जलमग्न


डिब्रुगढ़ (असम), 03 जून (हि.स.)। माथिल्लो असमको दुलियाजानमा बुढ़ीदिहिंग नदीमा आएको बाढ़ीको पानीले यहाँका कतिपय गाउँहरूको लागि गम्भीर खतरा उत्पन्न गरेको छ। विशेष दुलियाजानका बामुन गाउँ, नलनी पथार औ टिपलिंग नगरमा बुढ़ीदिहिंग नदीमा आएको बाढ़ीको पानीले धेरैजना मानिसहरूको फसल अनि घरहरूलाई जलग्मन बनाएको छ।

गए राती मानिसहरूले सुरक्षित स्थानको रूपमा बाँधमा गएर शरण लिए। मानिसहरूले घरमा पालिएको पशुहरूलाई पनि बाँधमै राखेका छन्। बामुन गाउँका 70 परिवारले बाँधमाथि अस्थायी शिविर बनाएर शरण लिएका छन्। गए राती शिविरमै विद्यार्थीहरूलाई पढ़िरहेको देखियो। बाढ़ीको कारणले सृजित विकट स्थितिबीच मानिसहरूले प्रशासनसित सहयोगको माग गरेका छन्। -

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande