कोलकाता, 3 जून (हि.स.)। यस वर्ष इस्कन कोलकाताको भगवान जगन्नाथ रथ यात्रामा एक अनौठो नवाचार देख्न पाइनेछ। भगवानको रथमा अब एयरक्राफ्ट होइन भारतीय वायु सेनाको अत्याधुनिक सुखोई चौथो पिँढ़ीको फाइटर जेट्समा प्रयोग हुने टायर लगाइनेछ।
पछिल्लो 48 वर्षसम्म यस रथमा बोइंग विमानको टायर प्रयोग गरिँदैथ्यो भने यसपालि त्यसको सट्टामा नयाँ अनि अधिक टिकाऊ सुखोई टायरहरूलाई प्रयोग गरिँदैछ। यसपालि आगामी 27 जूनमा निकालिने रथ यात्रामा भगवान जगन्नाथको रथले यही टायरहरूमा यात्रा गर्नेछ।
इस्कन कोलकाताका उपाध्यक्ष राधारमण दासले हिन्दुस्थान समाचार-लाई बताए, बोइंगको टायर बनाउने कम्पनी डनलप वर्षौं अगाड़ि बन्द भइसकेको छ। पछिल्लो 20 वर्षदेखिक रखका चारवटा पुराना टायरहरूमा तकनिकी समस्या भइरहेको थियो जसले गर्दा विकल्प खोजिँदैथ्यो। उनले बताए, सुखोई टायरको व्यास बोइंग टायरसित मेल खान्छ, त्यसैले हामीले एमआरएफ कम्पनीसित सम्पर्क गऱ्यौं जसले सुखोईको लागि टायर बनाउँछ।
दिसम्बर, 2024- मा एमआरएफका विशेषज्ञ कोलकाता आए अनि भगवान जगन्नाथको रथको जाँच गरे। त्यसपछि रथमा सुखोई टायर फिट गरियो। गत 31 मईमा लगभग 20 किलोमीटर लामो परीक्षण यात्रा पनि सफलतापूर्वक पूरा गरिएको छ।
रथको संरचनामा केही फेरबदल गरी यी भारी टायरहरूलाई फिट गरिेको छ। राधारमण दासले भने, भगवान जगन्नाथको कृपाले यसपालि रथलाई नयाँ टायर प्राप्त भएको छ। हामी पूर्ण रूपले आश्वस्त छौं कि आगामी 27 जूनमा रथ यात्रा अनि 5 जुलाईमा हुने उल्टा रथ यात्रामा भगवानको यात्रा अत्यन्त सुगम हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा