तृणमूल पार्षदका निकटवर्ती हतियारहरूको भण्डार सहित पक्राउ
तृणमूल पार्षदका निकटवर्ती हतियारहरूको भण्डार सहित पक्राउ


उत्तर 24 परगना, 3 जून (हि.स.)। उत्तर 24 परगना जिल्लाको पानीहाटी नगरपालिका अन्तर्गत वार्ड संख्या-6- का पार्षद विश्वनाथ देका निकटवर्ती तृणमूल कार्यकर्ता नईम अली उपनाम नेपालीको घरबाट मंगलवार पुलिसले भारी मात्रामा हतियार जफ्त गऱ्यो। प्राप्त जानकारी अनुसार आरोपीबाट युद्धमा सेनाद्वारा प्रयोग गरिने स्टन गन, पाइप गन र नाइट्रो-इम्यूनिशन कारतूस जप्त गरिएको छ। केही विस्फोटक अनि विदेशी बन्दुकहरू पनि जफ्त गरिएको छ।

ब्यारकपुरका पूर्व सांसद अर्जुन सिंहले पानीहाटी हतिार मामिलामा भने, यस सम्पूर्ण क्षेत्रलाई अपराधीहरूको हातमा सुम्पिइएको छ। तृणममूलका अपराधीहरूको अनुमति बिना तपाईहरूले घरमा ईँटा समेत राख्न सक्न हुनेछैन। अर्कोतिर तृणमूल नेता अरूप चक्रवर्तीले नेपालीलाई पार्टी कार्यकर्ता मान्नदेखि अस्वीकार गरे। उनले भने, त्यो मान्छे तृणमूलको कार्यकर्ता होइन। यदि तपाईहरूले उसित सोध्नु भयो भने थाहा पाउनु हुनेछ कि उ अर्जुन सिंहको मान्छे हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande