उत्तर 24 परगना, 3 जून (हि.स.)। धेरै मूल्य पाउने आशामा आठ टन पाकेको हिमसागर आँपले गरिएको एउटा ट्रकलाई व्यापारीहरूले बिहार पठाएका थिए। तर बाटो बीचबाटै ट्रक सहित चालक-खलासी बेपत्ता भए। प्राप्त जानकारी अनुसार, उत्तर 24 परगनाको मटिया थानाको पुलिसले घटनाको जाँच शुरू गरेको छ।
पुलिस अनि स्थानीय सूत्र अनुसार बशिरहाटको मटिया थाना अन्तर्गत बाँकी बजारका आँप व्यापारीहरूले गत आइतवार राति एउटा लरीलाई भाड़ामा लिएर त्यसमा आठ टन उन्नत किसिमको आँप लाेड गरेे। बिहारको बजारमा यस आँपको ठूलो माग छ। ट्रकलाई पठाउँदा व्यापारीहरूले चालक अनि खलासीलाई बाटो खर्चको रूपमा 25 हजार रुपियाँ नगद दिएका थिए।
आँप लाेड गरिएको ट्रकलाई गए सोमवार साँझ बिहारको बेथुआबजार पुग्नुथ्यो। आँप व्यापारीहरूले त्यहाँ जाँचबुझ गर्दा थाहा लाग्यो, आँप लाेड गरिएको ट्रक त्यो बजारमा पुगेकै छैन। त्यसपछि उनीहरूले ट्रक चालक र खलासीको मोबाइलमा फोन गरे, तर उनीहरूको फोन बन्द थियो। अहिलेसम्म आँपको ट्रकको बारेमा केही पत्तो लाग्न सकेको छैन।
व्यापारीहरूले किसानहरूलाई आश्वासन दिएका थिए, उनीहरूले सोमवार रातिसम्ममा आँपको मूल्य चुकाउनेछन्। तर आँपको ट्रक बेपत्ता भएको कारणले उनीहरू चिन्तित भएका छन्। उनीहरूले मटिया थानामा ट्रक मालिक र चालकविरूद्ध सिकायत दर्ता गराएका छन्।
आँप व्यापारी मुर्तजा मोल्लाहले बताए, बिहारका व्यापारीहरूसित सम्पर्क गरेर हामीले आठ टन पाकेको हिमसागर आँपलाई एउटा ट्रकमा भरेर पठायौं। हामीले चालक र दुईजना खलासीहरूलाई बाटो खर्चस्वरूप 25 हजार रुपियाँ नगद पनि दियौं, तर उनीहरू तीनैजना ट्रक सहित हराएका छन्। उनीहरूको मोबाइल फोन बन्द आइरहेको छ। यस्तो लागिरहेको छ, यी तीनैजनाले आँप सहित ट्रकलाई गायब गराउने षड़यन्त्र रचे। पुलिसले घटनाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा