मालदह, 03 जून (हि. स.)। मालदह मेडिकल कलेज एवं अस्पतालमा मालदह संशोधनगृहका एकजना बन्दीको मृत्यु भयो। मृतकको पहिचान प्रबीर मण्डल (21)-को रूपमा भएको छ जसलाई शारीरिक अस्वस्थताको कारणले मालदह मेडिकल कलेजमा भर्ती गरिएको थियो।
मालदह संशोधनगृहको सूत्र अनुसार युवक गत 31 मईमा जेलभित्रै अचानक बिमार भएका थिए। उसलाई वान्ता भइरहेको थियो। मालदह मेडिकल कलेजमा तुरून्त उसलाई भर्ती गराइएको थियो। गए सोमवार उसको स्वास्थ्य झन् बिग्रिएपछि सीसीयूमा स्थानान्तरण गरिएको थियो।
मृतक मालदह जिल्लाको मानिकचक थाना अन्तर्गत भुटनीका निवासी थिए। होलीको दिन आफ्नो भाइको हत्या गरेको मामिलामा उसलाई जेलमा थुनिएको थियो। प्रबीर मण्डलको भाइ मानिकचक पञ्चायत समितिको हीरानन्दपुर ग्राम पञ्चायतका सचिवको पदमा कार्यरत थिए। यस घटनामा पुलिसले प्रबीर मण्डललाई उसको आमा-बुवासितै पक्राउ गरेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा