गान्तोक, 03 जून (हि.स.)। सिक्किममा लगातार रूपमा भइरहेको वर्षाका कारण पैह्रो जाने क्रम जारी रहेको छ भने टिस्टा नदीको बढ्दो जलस्तर ठूलो चिन्ताको विषय बनिरहेको छ। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सिङताम क्षेत्रको भ्रमण गरेर स्थितिको बारेमा जानकारी लिए।
भ्रमणको क्रममा राज्यपालले स्थानीय प्रशासनसॅंग राहत कार्यहरूको समीक्षा गरे र आपदा प्रबन्धन योजनाहरूको प्रभावी रूपमा कार्यान्वयन गर्न निर्देश दिए। यस अतिरिक्त, राज्यपालले सिङताम क्षेत्र छेउछाउका स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे। उनले सम्बन्धित विभागहरूलाई सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम उठाउन निर्देश दिए।
निरीक्षण अवधि राज्यपालले स्थानीय नागरिकहरूसॅंग कुराकानी गरे। यस अवसरमा प्रशासनिक अधिकारीहरू, पुलिस विभाग, आपदा प्रबन्धन दल र स्थानीय मानिसहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल