गान्तोक, 03 जून (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आजदेखि दुई दिवसीय सोरेङ जिल्लाको भ्रमण शुरू गरेका छन्। यस क्रममा राज्यपाललाई जोरथाङमा सालघारी जुम निर्वाचन क्षेत्रका विधायक मदन सिन्चुरी, सोरेङ जिल्लाका जिल्लापाल धीरज सुबेदी, पुलिस अधीक्षक नकुल प्रधान र अन्य वरिष्ठ अधिकारीहरूले स्वागत जनाए। यसैगरी, स्वागत समारोह अन्तर्गत राज्यपाललाई सेकेन्ड आईआरबी, पिपलेका जवानहरूले गार्ड अफ् अनर दिएर सम्मान जनाए।
हिन्दुस्थान समाचार / बिशाल