राज्यपाललाई विश्व पर्यावरण दिवसको निमन्त्रणा
राज्यपाललाई विश्व पर्यावरण दिवसको निमन्त्रणा


गान्तोक, 03 जून (हि.स.)। सिक्किम सरकारको वन एवं पर्यावरण विभागका मन्त्री पिन्चो नामग्याल लेप्चा र विभागका सचिव एवं पीसीसीएफ डा. प्रदीप कुमारले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस अवसरमा मन्त्री लेप्चाले 5 जून, 2025 मा देवरालीस्थित नामग्याल इन्स्टीट्यूट अफ् टिबेटोलोजीमा आयोजना गरिने 'विश्व पर्यावरण दिवस' कार्यक्रमको निमन्त्रणा राज्यपाललाई दिए।

यस भेटको क्रममा पर्यावरण संरक्षणप्रति जागरूकता बढाउन र सतत विकासलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमबारे चर्चा गरियो। राज्यपालले निमन्त्रणालाई सहर्ष स्वीगार गरे र कार्यक्रमको सफलताको निम्ति आफ्नो शुभकामना व्यक्त गरे।

राज्यपालले भने, 'म नामग्याल इन्स्टीट्यूट अफ् टिबेटोलोजी, देवरालीमा आयो​जना गरिने विश्व पर्यावरण दिवस कार्यक्रमको सफल आयोजनको निम्ति शुभकामना दिॅंदछु।'

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande