भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु


गान्तोक, 03 जून (हि.स.)। राजधानी छेउ राउते, रुम्तेकमा भारी वर्षाका कारण रुख ढलेर एक व्यक्तिको मृत्यु भएको छ। यस घटनामा मृतका दुई जना नानीलाई पनि चोट लागेको छ।

गान्तोक जिल्लाको जिल्लापाल कार्यालयले आज सामाजिक सञ्जालमा उक्त जानकारी गराएको छ। घटना रुम्तेकको राउते क्षेत्रमा दिउॅंसो लगभग 3:30 बजी घटेको हो। भारी वर्षाका कारण बाटो माथिको रुख ढल्दा सन्तोष गिरी नामक व्यक्तिको घटनास्थलमै मृत्यु भयो। यस घटनाका उनका दुई जना नानीलाई पनि चोट लागेको छ। नानीहरूको अहिले उपचार चलिरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande