बाटो चाहिन्छ कि चाहिँदैन, स्थानीय मानिसहरूले तय गरून्ः मन्त्री जयन्तमल्ल
बाटो चाहिन्छ कि चाहिँदैन, स्थानीय मानिसहरूले तय गरून्ः मन्त्री जयन्तमल्ल


- इन्स्टीट्यूट अफ को-अपरेटिभ म्यानेजमेन्टमा अतिक्रमण हटाऔं अभियान संचालित, मन्त्रीको पनि सहभागिता

गुवाहाटी, 3 जून (हि.स.)। असम सरकारका मन्त्री जयन्तमल्ल बरुवाले भनेका छन्, बोंदाजानमा सड़कको निर्माण स्थानीय जनताको हितमा गरिएको हो। उनले भने, हामीले यो सड़क बनाएर सही काम गरेका छौं कि छैनौं, यसको फसेला स्थानीय मानिसहरूले गर्नेछन्। यदि जनताले बाटो चाहिँदैन भनेर भन्छन् भने म स्वयं यसलाई भत्काउनेछु।

मन्त्री बरुवाले स्पष्ट पारे बाटोले स्थानीय मानिसहरूको जीवनलाई सहज बनाइरहेको छ, तर यदि आम मानिसहरूले यसलाई अनावश्यक ठान्छन् भने सरकार आफ्नो स्तरमा यसलाई भत्काउनको लागि तयार छ।

यसबीच कृतिम बाढ़ीलाई रोक्नको लागि शिलसाको क्षेत्रमा फेरि अतिक्रमणलाई हटाउने अभियान संचालन गरियो जसमा मन्त्री जयन्तमल्ल बरूवा स्वयं उपस्थित रहेर अभिानलाई निगरानी गरे।

यो अभियान इन्स्टीट्यूट अफ को-अपरेटिभ म्यानेजमेन्ट परिसरमा संचालन गरियो जहाँ प्रशासनले अवैध निर्माणलाई हटाउने कारबाही गऱ्यो। प्रशासनले स्थानीय मानिसहरूसित सहयोगको अपील गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande