खरसाङ बजारमा जथाभावी टाँगिएका तारहरु हटाउने कार्य शुरु
खरसाङ बजारमा जथाभावी टाँगिएका तारहरु हटाउने कार्य शुरु


खरसाङ, 03 जून (हि.स.)। खरसाङ बजारमा आजदेखि जथाभावी टॉंगिएका क्याबलका तारहरु र अन्य तारहरु हटाउने कार्य शुरु गरिएको छ। गत शनिवार खरसाङको हाट बजार पस्ने ठाउँ वर्ध्दमान रोडमा बिजुली बत्तीको पोलमा आगो लागेको घटनापछि जथाभावी टाँगिएका तारहरु हटाउने कार्य शुरु गरिएको हो।

सोमवार खरसाङ महकुमा शासकद्वारा विभिन्न क्याबल लाइनका प्रतिनिधिहरु, विद्युत विभाग, अग्निशमन विभाग र खरसाङ नगरपालिकामाझ सभा सम्पन्न भएको थियो। उक्त सभापछि आजदेखि खरसाङ बजारमा जथाभावी टाँगिएका तारहरु हटाउने कार्य शुरु गरिएको छ। उक्त तारहरु हटाउने कार्य खरसाङ नगरपालिका, पुलिस प्रशासन र खरसाङ महकुमा शासकको उपस्थितिमा गरिएको जानकारी प्राप्त भएको छ। यो कार्य अब निरन्तर चल्ने जानकारी प्राप्त भएको छ‌‌।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ बजारमा जथाभावी टाँगिएका तारहरु हटाउने कार्य शुरु गरिएको र यो कार्य निरन्तर रुपमा चल्ने बताए। उनले अब खरसाङ बजारमा जथाभावी टाँगिएका होडिङ्गहरु पनि हटाउने बताएका छन्‌।

उनले आज हटाइएका सबै क्याबल तारहरु उठाएर नगरपालिकामा लगिएको जानकारी गराए। प्रधानले अब खरसाङ बजारमा तारहरु टाँङ्नलाई नगरपालिकाको अनुमति लिनु पर्ने र नगरपालिकाबाट अनुमति पाएर मात्र तारहरु लगाउन पाइने बताए। उनले जथाभावी टाँगिएका होडिङ्गहरु र तारहरुले खरसाङ बजारको सुन्दरतामा दाग लगाउने कार्य गरिरहेकाले यसलाई हटाउने कार्य शुरु गरिएको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande