भगवान् श्री सत्य साई बाबाको दिव्य रथ यात्रा महानदी-तीनधारे क्षेत्रमा, भक्तजनले गरे दर्शन
भगवान् श्री सत्य साई बाबाको दिव्य रथ यात्रा महानदी-तीनधारे क्षेत्रमा, भक्तजनले गरे दर्शन


खरसाङ, 03 जून (हि.स.)। भगवान् श्री सत्य साई बाबाको 'साई स्पर्श' रहेको दिव्य रथ प्रेम प्रवाह वाहिनी यात्रा मंगलवार बिहान महानदी आइपुग्यो। भगवान् श्री सत्य साई बाबाको एक सय वर्षको जन्म शतवार्षिकीको पावन अवसरमा आन्ध्र प्रदेशको पुट्टापर्तीस्थित प्रशान्ति निलायमबाट निस्केको उक्त दिव्य प्रेम प्रवाह वाहिनी रथ यात्रा एक महिना सिक्किम भ्रमण गरेर गत 31 मईको दिन कालेबुङ र 1 जूनको दिन दार्जिलिङ आइपुगेर 2 जूनको दिन दार्जिलिङबाट राति खरसाङ प्रस्थान भयो।

मंगलवार बिहान खरसाङबाट निस्केर गिद्ध पहाड हुँदै महानदी आइपग्यो। भगवान् श्री सत्य साई बाबाको 'साई स्पर्श' प्रशान्ति वाहिनी रथ यात्रा महानदी आईपुग्दा यस क्षेत्रका साई भक्तहरुले भक्तिभावको साथमा स्वागत जनाए।‌ उक्त रथ यात्रा महानदीमा केही झण दर्शनको लागि रोकिएको थियो।

यस अवसरमा महानदी, सिविटार, घुम्ती कमान, जंगपाना क्षेत्रका श्री सत्य साई बाबाका अनुयायीहरू र भक्तहरुले रथ यात्राको दर्शन गरे। यस अवसरमा श्री सत्य साई बाबा मण्डली महानदी-सिविटारको संयोजक हेमकुमार छेत्री, निता प्रधान, हिरा प्रधान लगायत अन्यहरुले 'साई स्पर्श' को दर्शन गरेर आशीर्वाद लिए। साई रथ महानदी बिहान लगभग 9 बजी आइपुगेको थियो‌।‌ यसपछि, महानदीबाट घैयाबारी, तीनधारे, चयनभट्टी हुँदै सुकना, सालबारी र सिलगढी भएर डुवर्स पुग्ने बताइएको छ।‌

महानदी र सिविटार क्षेत्रका संयोजक हेमकुमार छेत्रीले प्रशान्तिको निलायमबाट निस्केको दिव्य रथ यात्राको महानदीमा दिव्य दर्शन गर्न पाउँदा आफूहरु धेरै खुशी बनेको बताए। उनले यो यात्रा प्रशान्तिबाट निस्केर एक महिना सिक्किम भ्रमण गरेपछि कालेबुङ हुँदै दार्जिलिङ र खरसाङ हुँदै आज महानदी आएको जानकारी गराए। उनले यस दिव्य रथको दर्शन गर्न महानदी, घुम्ती, सिविटार, जंगपाना क्षेत्रका साई भक्तहरु भेला भएको पनि जानकारी गराए।

तीनधारेको होटल गैरी क्षेत्रमा दिव्य रथ यात्रालाई स्वागत जनाउँदै दर्शन गरिएको थियो। यसका साथै तीनधारेबाट चुनभट्टीमा‌ पनि दर्शनको लागि रोकिएको थियो, जहाँ मानिसहरुले दर्शन साथै आशीर्वाद लिए। यहाँबाट सुकना, सालबारी र सिलगढी हुँदै डुवर्स जाने जानकारी प्राप्त भएको छ‌।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande