पर्यटन मन्त्रालयका अधिकारीहरू चार दिवसीय सिक्किम भ्रमणमा
पर्यटन मन्त्रालयका अधिकारीहरू चार दिवसीय सिक्किम भ्रमणमा


गान्तोक, 03 जून (हि.स.)। भारत सरकारको पर्यटन मन्त्रालयका सहायक महानिर्देशक भारती के. शर्मा, सहायक निर्देशक अमित राज लगायत, अशोक इभेन्ट्स र पर्यटन मन्त्रालयको क्षेत्रीय कार्यालय, उत्तरपूर्वीका अधिकारीहरू आज चार दिवसीय भ्रमणको निम्ति सिक्किम आइपुगेका छन्। सिक्किम आउने क्रममा उनीहरूलाई पश्चिम बंगालको बागडुग्रा हवाईअड्डमा टीआईसीका अधिकारीहरू र प्रभारी एडलिन छेत्रीले स्वागत जनाए। आगामी नोभेम्बर महिनामा सिक्किमको पेलिङमा आयोजना गरिने 13औं इन्टरनेश्नल टुरिज्म मार्ट-2025 को अवस्था बुझ्न अधिकारीहरू सिक्किम आएका हुन्। उक्त कार्यक्रम भारत सरकारको पर्यटन मन्त्रालय र सिक्किम सरकारको संयुक्त पहलमा आयोजना गरिने बताइएको छ।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande