एक दशकभन्दा अधिक समयदेखिको बन्द दुध शीतलन सम्यन्त्रलाई पुनः खोल्ने पहल, गोपीबल्लभपुरका मानिसहरू हर्षित
एक दशकभन्दा अधिक समयदेखिको बन्द दुध शीतलन सम्यन्त्रलाई पुनः खोल्ने पहल, गोपीबल्लभपुरका मानिसहरू हर्षित


झाड़ग्राम, 4 जून (हि.स.)। राज्यमा तृणमूल कंग्रेसको सरकार आएपछि गोपीबल्लभपुर-2 ब्लकमा दुग्ध शीतलन केन्द्र स्थापना गरिएको थियो। विगत लामो समयदेखिकै बन्द अवस्थामा रहेको यस केन्द्रलाई पुनः खोलाउने पहल गरिँदैछ। गोपीबल्लभपुर-2 अनि संकराइल ब्लकमा 18 वटा दुग्ध सहकारी केन्द्रहरू स्थापना गर्ने काम पूरा भइसकेको छ। पश्चिम मेदिनीपुर र झाड़ग्राम जिल्लामा 150 वटा दुग्ध सहकारी केन्द्र स्थापना गरिएको छ।

झाड़ग्राम जिल्ला परिषद अध्यक्ष चिन्मयी मराण्डीले भने, ग्रामीण क्षेत्रहरूमा मानिसहरूलाई गाई पालनको लागि प्रोत्साहित गरिँदैछ। दुग्ध केन्द्र शुरू गर्ने तयारी भइरहेको छ। यस पहलबाट जिल्लामा दुग्ध उत्पादन बढ़ाउनमा सहयोग मिल्नेछ।

उल्लेखनीय छ, राज्य सरकारले गुणस्तरीय दुध आपूर्ति गरेर क्षेत्रीय अर्थव्यवस्थालाी सशक्त बनाउने लक्ष्य राखेको छ। गोपीबल्लभपुर-2 ब्लकमा दुग्ध शीतलन केन्द्र एक दशकभन्दा अधिक समयदेखिको बन्द थियो। यसलाई पुनः खोल्ने पहल जिल्ला परिषदले गरेको छ। पश्चिमाञ्चल उन्नयन परिषदको पहलमा यो केन्द्र स्थापना गरिएको थियो। यहाँ रहेका मशिनहरू धेरै वर्षदेखिको बन्द रहेकोले खराब हुने सम्भावना छ। स्थानीय दूध व्यापारीहरूले पनि यस केन्द्रलाई पुनः संचालनमा ल्याउने माग गरिरहेका थिए।

गोपीबल्लभपुर-2 पञ्चायत समिति अध्यक्ष शर्वरी अधिकारीले बताइन्, दुध शीतलीकरण केन्द्रको निर्माण वर्ष 2012-मा भएको थियो। तबदेखि नै यो केन्द्र बन्द छ। गोपीबल्लभपुर मुख्य रूपमा कृषि प्रधान क्षेत्र हो। ग्रामीण क्षेत्रका सबै वासिन्दाहरूको घरमा न्यूनतम पनि एउटा नभए दुईवटा गाईँ छ। यदि यो केन्द्र खोलियो भने क्षेत्रका पशुपालक अनि दूध व्यापारीहरूलाई आर्थिक लाभ हुनेछ। मेदिनीपुर मिल्क यूनियनका प्रबन्ध निदेशक मलयकुमार दासले बताए, गोपीबल्लभपुर-2 ब्लकको दुध शीतलीकरण केन्द्र आगामी दुई-तीन महिनाभित्रमा खोलिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande