विधानसभा चुनाउपूर्व भाजपाको व्यापक जनसम्पर्क अभियान
विधानसभा चुनाउपूर्व भाजपाको व्यापक जनसम्पर्क अभियान


कोलकाता, 4 जून (हि.स.)। पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)-ले आफ्नो संगठनात्मक ढाँचामा देखा परिरहेका समस्याहरूको समाधान गर्न व्यापक रूपमा अभियान शुरू गरेको छ। संगठनात्मक आँकड़ामा धाँधली भएको आशंकालाई मध्यनजर गर्दै अब केन्द्रिय पर्यवेक्षकहरूले स्वयं मैदानमा उत्रेर स्थितिको मूल्यांकन गरिरहेका छन्।

यसै सातादेखि शुरू भएको यस अभियान अन्तर्गत आगामी तीन दिनसम्ममा विभिन्न जिल्लाहरूमा पुगेर मण्डल स्तरका समितिहरूको समीक्षा गरिनेछ। त्यसपछि आगामी 7 जूनदेखि शक्तिकेन्द्र अनि अन्तमा बूथ स्तरमा सर्वेक्षण गरिनेछ।

राज्यमा भाजपाको राजनीतिक केन्द्रिय पर्यवेक्षक मंगल पाण्डे स्वयंले यस प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। जबकि पार्टीका संगठनात्मक पर्यवेक्षक पवन बन्सलले पहिलाबाट यस दिशामा काम गर्न शुरू गरिसकेका छन्। जानकारी अनुसार संगठनभित्र बूथ सशक्तिकरण नामक यो आन्तरिक कार्यक्रम भाजपाको लागि अत्यन्त महत्वपूर्ण बनिसकेको छ विशेष गरी आगामी विधानसभा चुनाउलाई ध्यानमा राखेर।

सूत्र अनुसार गत 7 मईमा आयोजित एक संगठनात्मक बैठकमा विपक्षका नेता शुभेन्दु अधिकारीले पार्टीको आन्तरिक ढाँचामाथि प्रश्न उठाएका थिए। उनले संकेत दिएका थिए, मण्डल, शक्तिकेन्द्र एवं बूथ स्तरमा प्रस्तुत गरिएको संगठनात्मक आंकड़ा धरातलीय यथार्थसित मेल गाँदैन। त्यसैले शंका लागेर पवन बन्सलले दिल्लीबाट कल सेन्टरको माध्यमबाट विभिन्न जिल्लाका भाजपा कार्यकर्ताहरूसित सम्पर्क गर्न शुरू गरे। यसै प्रक्रियामा केही नक्कली आँकड़ा उजागार भयो।

केन्द्रिय नेतृत्वको मान्यता छ, वर्ष 2024-को लोकसभा चुनाउमा प्राप्त निराशाजनक परिणामको पछाड़ि यस्तै गलत आँकड़ाको आधारमा बनाइेको रणनीति जिम्मेवार रहेको छ। त्यसैले यसपालि आँकड़ालाई सत्यापित गरी नयाँ रणनीति बनाउनमा उनीहरू जुटेका छन्। तीन चरणमा चल्ने यस अभियानमा पहिलो वास्तविक स्थितिको मूल्यांकन, ढाँचामा व्याप्त कमी-कमजोरीहरूमा सुधार ल्याउनु तथा संगठनात्मक सशक्तिकरणको दिशामा कार्य गर्नु सामेल छन्।

यस अभियानमा धेरैजना वरिष्ठ नेताहरूले भाग लिरहेका छन् जसमा संगठनका सह-प्रभारी अमित मालवीय, राज्य संगठन सचिव अमिताभ चक्रवर्ती, सतिश ढोंड, पाँचजना महासचिव – जगन्नाथ चट्टोपाध्याय, लकेट चट्टोपाध्याय, दीपक बर्मन, अग्निमित्रा पल, ज्योतिर्मय महतो तथा उपाध्यक्ष रथीन्द्रनाथ बोस र खगेन मुर्मू सामेल छन्। यस अतिरिक्त पूर्व केन्द्रिय मन्त्रीहरू क्रमैले निशिथ प्रामाणिक, देवश्री चौधरी एवं सुभाष सरकारले पनि यस कार्यक्रममा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande