मुर्शिदाबाद, 4 जून (हि.स.)। मुर्शिदाबाद जिल्ला अधिनस्थ रानीनगरको गोधनपाड़ा ग्रामीण अस्पतालमा बिजुली चोरी भएको आरोप उठेको छ। आरोप अनुसार खुल्ला तारबाट हुकिंग गरेर दिउँसै बिजुली चोरी गरिरहेको छ। यो खबर प्रकाशमा आउनसाथ क्षेत्रमा खैलाबैला शुरू भएको छ।
अर्कोतिर अस्पताल प्रशासनको भनाइ छ, उनीहरूलाई यस सम्बन्धमा केही पनि थाहा छैन। रानीनगर (2) ब्लकका बीएमएच शमिम अख्तरले भने, इलेक्ट्रीशियनले नै बताउन सक्नेछन्। मलाई थाहा छैन। हामीलाई त यो समेत थाहा छैन कि कहाँ हुकिंग गरिएको छ। हामीले मामिलाको जाँच गरिरहेका छौं।
अस्पताल रानीनगर थानाको छेवैमा अवस्थित छ। रानीनगरका विभिन्न क्षेत्रहरू अतिरिक्त यो अस्पताल नबिपुर, कटलामारी, हुर्शी, अमिराबाद एवं वरपरका विस्तृत क्षेत्रका मानिसहरूको लागि प्राथमिक उपचार प्रदाता हो। वर्तमान अस्पतालमा आन्तरिक अनि बाह्य दुवै विभाग संचालनमा छ।
गए मंगलवार अपरान्ह अस्पतालको आपतकालीन विभाग सामु सड़कदेखि केही पर शौचालयको छेवैमा खुल्ला बिजुलीको तारमा दुईवटा तारहरू जड़ान गरिएको देखियो। त्यो तार अस्पतालभित्र पसेको थियो। यो तार किन जोड़िएको थियो? त्यो तारबाट प्रवाहित बिजुलीबाट के भइरहेको छ? के चोरी गरिएको बिजुलीबाट अस्पतालका विभिन्न बिजुली उपकरणहरू चलिरहेका छन्? आदि प्रश्नहरूको कुनै स्पष्ट जवाफ अस्पताल प्रबन्धनसित थिएन।
डोमकल महकुमा बिजुली विभागका मण्डल प्रबन्धक दीपंकर विश्वासले भने, अस्पतालमा सरकारी कनेक्शन छ। यदि यस्तो केही भएको छ भने हामी मामिलाको जाँच गर्नेछौं र कारबाही गर्नेछौं। डोमकल एसडीओ शुभांकर बालाले भने, हामीलाई मामिलाको जानकारी थिएन। हामी यसको जाँच गर्नेछौं अनि कारबाही गर्नेछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा