तमलुकमा नौजना मानिसहरूको जाली प्रमाण पत्र रद्द
तमलुकमा नौजना मानिसहरूको जाली प्रमाण पत्र रद्द


पूर्व मेदिनीपुर, 4 जून (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको तमलुकमा नौजना मानिसहरूको जाली प्रमाण पत्र रद्द गरिएको छ। प्राप्त जानकारी अनुसार तमलुक महकुमाबाट कतिपय मानिसहरूको जाति प्रमाण पत्रको सिकायत सोझै राज्य सचिवालय नवान्नमा पुगेको थियो जसमाथि कारबाही गर्ने आदेश दिइएको थियो। जाँचपछि तमलुक महकुमा शासक दिव्येन्दु मजुमदारले नौजना मानिसहरूको जाति प्रमाण पत्रलाई रद्द गरिदिएका छन्। प्रशासनले दाबी गरेको छ, यिनीहरू सबैले नक्कली दस्तावेज प्रयोग गरी एसडीओ कार्यालयबाट जाति प्रमाण पत्र हासिल गरेका थिए।

आरोप छ, प्रशान्त मैती, बिप्लबकुमार प्रमाणिक, पुतुल सन्तरा औ स्वप्ना पालले जाली दस्तावेज जमा गराएर अनुसूचित जाति प्रमाण पत्र बनाएका थिए भने शेख आर्यन, सोनिया खातून, अशदुल अली खान, अशफाक अली खान र अनवरा बेगमले जाली दस्तावेज जमा गराएर ओबीसी प्रमाण पत्र बनाएका थिए। प्रमाण पत्र जनवरीदेखि दिसम्बर, 2021 सम्ममा तमलुक अनुमण्डल प्रशासकीय कार्यालयबाट जारी गरिएको थियो। दस्तावेजहरूको सही ढंगमा सत्यापन नभएको कारणले यस्तो घटना घटेको हो।

उल्लेखनीय छ, तमलुक महकुमामा पहिला पनि यस्ता घटनाहरू घटिसकेका छन्। 20 जुलाई, 2023-मा तमलुक महकुमा प्रशासनले एकसाथ 108 वटा प्रमाण पत्रलाई रद्द गरिदिएको थियो जसमा दुईवटा एसटी प्रमाण पत्र, 22 वटा एससी प्रमाण पत्र अनि 84 वटा ओबीसी प्रमाण पत्र सामेल छन्। अधिकांश मामिलाहरूमा मेडिकल एवं इञ्जीनियरिंग प्रवेश परीक्षामा आरक्षण प्राप्त गर्नको लागि यस्तो कृत्य गरिएको थियो।

तमलुक ब्लाकको खमरचक हाई स्कूलका सेवानिवृत्त प्रधानाध्यापक अशोक कुमार हटुआ, उनको छोरा र छोरीविरूद्ध अनुमण्डल प्रशासकले प्राथमिकी दर्ता गराएको थियो। यिनीहरूविरूद्ध सामान्य जातिको भएर पनि पहिला एससी र पछि एसटी प्रमाण पत्र बनाएको मामिलामा प्राथमिकी दर्ता गरिएको थियो। जिल्ला प्रशासनको सूत्र अनुसार जाली दस्तावेजको आधारमा प्रमाण पत्र बनाउने गिरोह सक्रिय छ।

गिरोहले पैसाको सट्टामा यस्तो काम गर्द आइरहेको छ। यसको लागि द्वारे सरकार शिविरलाई लक्ष्य गरिन्छ। शिविरमा ठूलो संख्यामा आवेदन जमा हुन्छ र यी आवेदनहरूलाई चाँड़ै सुल्झाउने लक्ष्य राखिएको हुन्छ। जाति प्रमाण पत्रमा परिवारका अन्य सदस्यहरूको नाम परिवर्तन गरेर कम्प्यूटरमा प्रिन्ट गरिएको कपीलाई प्रमाणिक दस्तावेजको रूपमा जमा गरिन्छ। उचित सत्यापनको अभावमा यस्तो गल्ती भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande