खरसाङ, 06 जून (हि.स.)। खरसाङ बजार क्षेत्रमा प्रवासी श्रमिकहरुकाे घुँइचाेका कारणले स्थानीय श्रमिकहरु हराइरहेको साथै दैनिक राेजगारकाे समस्या धेरै बढिरहेकाे प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिका अध्यक्ष एल्जिन ब्राह्मणले बताएका छन्।
उनले आज जारी एक प्रेस विज्ञप्तिमा भने, स्थानीय श्रमिकहरुलाई काममा लगाउन छाेडिसकेको छ। संगठनले अपील गरे तापनि घर मालिक र ठेकादारहरूले अदेखा गरिरहेका छन्। हामीलाई पनि माैका दिनुपर्छ। हामी अपील पनि गर्न चाहन्छाै कि प्रवासी मिस्त्री साथै स्थानीय मिस्त्री दुवैले एक समान राेजगार पाउनुपर्छ, तर उनीहरु संगठनभित्र बाँधिएकाे हुनुपर्छ।
दिनहुँ नयाँ नयाँ कामदारहरु लिएर आउनु बन्द गर्नुपर्छ। संगठनकाे नियम कानुन मानेकाे हुनुपर्छ। समतल खण्डमा हामी राेजगार गर्नु परेमा उनीहरुकाे युनियनकाे अनुमति बिना राेजगार पाउँदैनाैँ। हामीले पनि सोही प्रकारले सबैलाई संगठनमा समावेश गरी राेजगार दिलाउने दिशामा लागिपरेका छाैँ।
अध्यक्ष ब्राह्मणले अघि भने, जीटीए क्षेत्रमा भइरहेका विकासकाे कार्यमा दुवै पक्षकाले राेजगार प्राप्त गर्नु सकाेस् भन्ने संगठनको माग हो। दैनिक राेजीराेटी गरेर खाने दाेकान, हाडवेर, हाेटल, हाेम स्टे साथै सम्पूर्ण असंगठित क्षेत्रका कामदारहरुकाे लागि प्रजातान्त्रिक असंगठित श्रमिक संगठनले निरन्तर रुपमा काम गर्दै आइरहेको छ। हामी एक प्रतिनिधि टाेली गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा समक्ष गएर यस समस्या विषयमा अवगत गराउनेछाैँ।
हिन्दुस्थान समाचार / हनोक