मणिपुरमा सुरक्षा बलहरूले जफ्त गरे प्रचुर मात्रामा हतियार अनि आईईडी
मणिपुरमा सुरक्षा बलहरूले जफ्त गरे प्रचुर मात्रामा हतियार अनि आईईडी


इम्फाल, 7 जून (हि.स.)। सुरक्षा बलहरूले मणिपुरको पहाड़ी तथा मैदानी जिल्लाहरूको सीमावर्ती अनि संवेदनशील क्षेत्रहरूमा गहन खोजी अभियान तथा एरिया डोमिनेशन अभियान संचालन गरे। यी अभियानहरू अवधि ठूलो संख्यामा हतियार सहित विस्फोटकहरू जफ्त गरिएको छ।

पुलिसले शनिवार बतायो, कोटजिम गाउँ जुन कोटलेन सीओबीदेखि 4.5 किमी उत्तर-पश्चिममा अवस्थित छ,- को सामान्य क्षेत्रबाट एउटा अमेरिकी निर्मित एम 16 राइफल, एउटा बोल्ट एक्शन राइफल, तीनवटा पुल म्याकेनिज्म राइफल, तीनवटा इम्प्रोभाइज्ड मोर्टर, पाँचवटा मोर्टर बम, एउटा मोटोरोला सेट तथा एउटा बुलेटप्रूफ ज्याकेट जफ्त गरियो। यो कारबाही न्यू क्याथेलमांबी थाना क्षेत्र, कांगपोकपी जिल्ला अन्तर्गत गरिएको हो।

यस अतिरिक्त तेंगनौपाल जिल्लाको अर्को सामान्य क्षेत्रबाट चारवटा आईईडी पनि जफ्त गरिएको छ। सुरक्षा बलहरूको यो कारबाही राज्यमा शान्ति एवं स्थिरता बहाल गर्ने प्रयासहरूको एक भाग हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande