जिल्लापाल तामलिङले जोरथाङमा प्रमुख सरकारी सुविधाहरूको भ्रमण गरिन्
जिल्लापाल तामलिङले जोरथाङमा प्रमुख सरकारी सुविधाहरूको भ्रमण गरिन्


नाम्ची, 07 जून (हि.स.)। नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङले आज जोरथाङमा सरकारका प्रमुख सुविधाहरूको निरीक्षण गरिन्। उनले कारफेक्टारमा चलिरहेको महकुमा न्यायालयको प्रगतिको समीक्षा गरिन्। यस अवसरमा नाम्ची जिल्ला न्यायालयका एडीएमओ पनि उपस्थित थिए।

यस भ्रमणावधि जिल्लापालको साथमा जिल्ला प्रशासनका वरिष्ठ अधिकारीहरू, भवन तथा आवास विभागका अधिकारीहरू आदि उपस्थित थिए। जिल्लापालले जोरथाङमा वान स्टप सेन्टर र आईसीडीएस हब फर् वुमन पनि भ्रमण गरिन्। उनले यस क्षेत्रका महिला र बालबालिकाको आवश्यकता पूरा गर्न हाल प्रदान गरिँदै आएका सुविधाहरू र सेवाहरूको मूल्याङ्कन गरिन्।

यसका साथै, उनले निर्माणाधीन महकुमा कार्यालयको भ्रमण गरिन्, जहाँ उनले दीर्घकालीन स्थायित्व र पहुँचको महत्त्वलाई जोड दिँदै साइटको ढल निकास पूर्वाधार सुधार गर्न निर्देशन दिइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande