गान्तोक, 07 जून (हि.स.)। राज्य स्वास्थ्य एवं परिवार कल्याण विभाग अन्तर्गत राष्ट्रिय आयुष मिशनले आज आगामी अन्तरराष्ट्रिय योग दिवस 2025 लाई ध्यानमा राख्दै रानीपुलस्थित ओल्ड एज होम र बोझोघारीस्थित चाइल्ड केयर संस्थानमा विशेष कार्यक्रम आयोजन गऱ्यो। यस अवसरमा योग सत्र सञ्चालन गर्नुका साथै योग र दैनिक जीवनमा आयुष चिकित्सा प्रणालीका लाभहरूको बारेमा जागरूक गराइयो।
यसैगरी, नि:शुल्क स्वास्थ्य जॉंच पनि आयोजन गरिएको थियो, जस अन्तर्गत रक्तचाप, मधुमेह र हेमोग्लोबिन स्तर आदि जॉंच गरियो। प्रतिभागीहरूलाई हात धुने प्रविधि, स्वास्थ्य पोषण र व्यक्तिगत सर सफाईको बारेमा पनि जानकारी गराइयो। यस अतिरिक्त, योग सम्बन्धित जानकारीमूलक सामग्रीहरू, च्यवनप्रास र हर्बल काडा पनि वितरण गरियो।
प्रतिभागीहरूका लागि अन्तरक्रियात्मक गतिविधिहरू पनि सम्पन्न गरियो भने विजेताहरूलाई पुरस्कृत गरियो। कार्यक्रममा कूल 86 जना सहभागी बनेका थिए।
हिन्दुस्थान समाचार / बिशाल