कोलकाता, 7 जून (हि.स.)। बंगालमा मौसमको स्वरूप निरन्तर बद्लिँदो छ। उत्तर बंगालमा आजदेखि वर्षाको तीव्रता घटन् सम्भावना छ भने अर्कोतिर दक्षिण बंगालका केही जिल्लाहरूमा गर्मी अनि शुष्क हावाले सताउनेछ। शनिवार जारी मौसम विभागको बयान मुताविक आगामी तीन-चार दिनसम्ममा तापमान तीनदेखि चार डिग्री सेल्सियस बढ़्नसक्छ।
आजदेखि उत्तर बंगालका जिल्लाहरू क्रमैले दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार, कुचबिहार औ जलपाईगुड़ीमा हल्का छरिएको वर्षा हुनसक्छ। तर घना वर्षा हुने सम्भावना छैन। मालदा र दक्षिम दिनाजपुरमा आइतवार मौसम पूर्ण रूपले शुष्क रहने अनुमान लगाइएको छ। यी क्षेत्रहरूमा तापमान पनि बिस्तार बढ़्नेछ।
दक्षिण बंगालमा बंगालको खाड़ीबाट आउने नमीपूर्ण हावा अनि पश्चिम भारतको तातो र शुष्क हावा आपस्तमा ठोक्किएको कारणले असहज बनेको छ। कोलकाता, हावड़ा, हुगली, पूर्व एवं पश्चिम बर्दवान, झाड़ग्राम, बाँकुड़ा, पुरुलिया, बीरभूम तथा मुर्शिदाबाद जस्ता जिल्लाहरूमा दिन बढ़्दै गएपछि लु जस्तै हावा चल्ने सम्भावना छ। यो हावाले गर्मी अझ बढ़ी असहनीय हुनसक्छ।
हाल दक्षिण बंगालमा मनसुन प्रवेश गर्ने अनुकूल परिस्थिति बन्न सकेको छैन। मौसम विशेषज्ञहरूको भनाइ छ, बंगालको उत्तरी भागमा प्रवेश गरेपछि नै मौसमी अक्षरेखा कमजोर भएको छ जसले गर्दा मनसुन अगाड़ि बढ़्न सकिरहेको छैन। अनुमान छ, आगामी 12 जूनभन्दा अगाड़ि कुनै विशेष परिवर्तन हुनेछैन। जूनको तेस्रो सप्ताहसम्म दक्षिण बंगाल तर्फ मनसुन बढ़्नसक्छ, तब मात्र केही राहतको वर्षा हुनसक्छ।
कोलकातामा बितेको दुई रातदेखि हल्का छरिएको वर्षा भइरहेको छ, तर शनिवार बिहानपछि यसको कुनै प्रभाव देखिएको छैन जसको कारण उत्तर-पश्चिमको तातो हावा हो। आइतवार र सोमवारसम्म कोलकाताको दिन-रातको तापमान तीन डिग्रीसम्म बढ़्नसक्छ। यस्तै अवस्था आगामी मंगलवार र बुधवार पनि रहने सम्भावना छ। त्यसपछि मात्र मौसम परिवर्त हुने आशा छ।
अहिलेघरि बंगाल विशेष दक्षिणी जिल्लामा मौसम असहज एवं कष्टकारी भएको छ। वर्षाको कुनै ठोस सम्भावना छैन। तातो हावाले मानिसहरूको बेहाल भएको छ। यदि मनसुनले गति समातेन भने गर्मीको यो स्थिति अझ बढ़्नसक्छ। आगामी सप्ताहको बुधवार र बिहीवारदेखि मौसममा केही परिवर्तन आउने आशा अवश्य व्यक्त गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा