गान्तोक, 06 जून (हि.स.)। सहकारी विभागले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई 1,30,41,500 रूपियॉंको लाभांश चेक प्रदान गर्यो। सरकारलाई प्रदान गरिएको लाभांश यी सहकारी समितिहरूमा सरकारको साझेदारीको लागि हो। यसमा सिम्फेडद्वारा रु. 1,29,99,000, पश्चिम पाण्डम एमपीसीएसद्वारा रु. 22,500 र देन्ताम एमपीसीएसद्वारा रु. 20,000 योगदान गरिएको बताइएको छ।
मुख्यमन्त्रीलाई आज चेकहरू सिम्फेडका अध्यक्ष, सहकारी विभागका सचिव, सहकारी विभागका प्रधान रजिस्ट्रार र सिम्फेडका प्रबन्ध निर्देशकले हस्तान्तरण गरे। मुख्यमन्त्रीले सहकारी क्षेत्रलाई सुदृढ पार्न र राज्यको सामाजिक-अर्थतन्त्रमा योगदान पुर्याउन सहकारी संस्थाहरूको प्रयासको प्रशंसा गरे। उनले संस्थाका गतिविधिहरूको बारेमा सोधपुछ गरे र सिक्किममा सहकारी पारिस्थितिक प्रणालीलाई पुनर्जीवित गर्ने तरिकाहरू र माध्यमहरूको बारेमा छलफल गरे।
हिन्दुस्थान समाचार / बिशाल