तीनधारेको ब्लु डाइमण्ड अंग्रेजी स्कूलमा पर्यावरण दिवस पालन
तीनधारेको ब्लु डाइमण्ड अंग्रेजी स्कूलमा पर्यावरण दिवस पालन


तीनधारे, 06 जून (हि.स.)। तीनधारेको ब्लु डाइमण्ड अंग्रेजी स्कूलले विश्व पर्यावरण दिवस विभिन्न कार्यक्रमहरु आयोजना पालन गरेको छ। कार्यक्रममा स्कूलका प्रबन्धक प्रह्लाद रसाईली, प्राचार्य रवि सुब्बा, शिक्षक शिक्षिकाहरु साथै विद्यार्थीहरुको सक्रिय सहभागिता रह्यो।

यस अवसरमा पर्यावरण सचेतनाको महत्व विषयमा नर्सरीदेखि चौथो श्रेणीसम्मका विद्यार्थीहरुलाई लिएर चित्र बनाऊ प्रतियोगिता आयोजना गरियो। यसरी नै तेस्रो र चौथो श्रेणीका विद्यार्थीहरुलाई लिएर वायु प्रदूषण, जल प्रदुषण, ध्वनि प्रदुषण, हरियो वन, वृक्ष रोपण एवं वृक्षहरुको मानव जीवनमा महत्व विषयमा साना साना लेखहरु पठन गरियो।

कार्यक्रमलाई स्कूलकी प्रभारी शिक्षिका कविता मुखियाले सञ्चालन गरेकी थिइन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande