कोलकाता, 7 जून (हि.स.) । दक्षिण 24 परगनाको क्यानिङ थाना पुलिसले गुप्त सूचनाको आधारमा गए शुक्रवार राति एकजना हतियार तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान बापी अधिकारीको रूपमा भएको छ जसलाई क्यानिङ रेलवे स्टेशनबाट हिरासतमा लिइएको हो।
पुलिसले शनिवार बतायो, सुन्दरबन कोस्टल थाना क्षेत्रमा केही उपद्रवीहरूले लुटपाट गर्ने योजना बनाएका थिए। बापी अधिकारीको काम ती उपद्रवीहरूलाई आग्नेयास्त्र आपूर्ति गर्नुथ्यो। जानकारी मुताविक गए शुक्रवार राती पियाली क्षेत्रबाट दुईजना अपराधीहरूलाई क्यानिंगमा पुग्नुथ्यो जहाँ बापीले उनीहरूलाई हतियार सुम्पिनेवाला थियो। तर पुलिसले समयमै कारबाही गरेर बापीलाई स्टेशन क्षेत्रबाट समात्यो।
पक्राउपछि शनिवार आरोपीलाई अलिपुर अदालतमा पेश गरियो जहाँबाट पुलिसले उसलाई आफ्नो हिरासतमा लिएको छ। क्यानिक थाना पुलिसले अब यस मामिलाको अग्रिम जाँच गरिरहेको छ ताकि लुटपाटको योजनामा सामेल अन्य आरोपीहरूको बारेमा पत्तो लगाउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा