मालदह, 7 जून (हि.स.)। मालदह जिल्लामा हरिश्चन्द्रपुरको माराडांगी गाउँमा शनिवार पुरानो शत्रुताको कारणले ईदको नमाज पढ़िरहेको समय एकजना वृद्धको घाँटीमा घारिलो चक्कुले प्रहार गरियो। आरोपी युवकलाई पक्राउ गरिएको छ। गम्भीर रूपमा घाइते वृद्धको अस्पतालमा उपचार भइरहेको छ। हरिश्चन्द्रपुर थानाको पुलिस घटना पछाड़िको उदेश्य पत्तो लगाउन जाँचमा जुटेको छ।
पुलिस सूत्र अनुसार घाइते वृद्धको नाम जलिल शेख (65) हो भने उनी माराडांगी गाउँका निवासी थिए। आरोपी युवकको नाम बाबुल अली (30) हो। स्थानीय सूत्रले बतायो, लगभग 6 महिना अगाड़ि छिमेकी बाबुलको परिवारसित घरमा ढुङ्गा फालेको विषयमा वृद्धसित विवाद भएको थियो। तबदेखि नै आरोपी युवक बाबुल र उसको परिवारका सदस्यहरू रिसाएका थिए।
आज आरोपी युवक, उसको पिता र तीनजना दाज्यु-भाइ वृद्धको छेवैमा नमाज पढ़िरहेका थिए। आरोप छ, युवकले यसै अवधि वृद्धको गर्दनमा चक्कुले प्रहार गऱ्यो। स्थानीय मानिसहरूले सबैभन्दा पहिला आरोपीलाई समाते। त्यसपछि वृद्धलाई रगताम्मे अवस्थामा हरिश्चन्द्रन ग्रामीण अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले गम्भीर अवस्था देखेर वृद्धलाई चाँचल सुपर स्पेशियलिटी अस्पतालमा भर्ती गराए।
हरिश्चन्द्रपुर थानाका आईसी मनोजीत सरकारले बताए, सिकायत दर्ता गरिएको छ। मुख्य आरोपीलाई पक्राउ गरिएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ। अन्य आरोपीहरूलाई पनि खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा