स्वर्ण व्यवसायीलाई नक्सलको नाममा धम्की, पत्र मार्फत 38 लाखको माग
स्वर्ण व्यवसायीलाई नक्सलको नाममा धम्की, पत्र मार्फत 38 लाखको माग


कोलकाता, 7 जून (हि.स.)। कोलकाताको बउबजार क्षेत्रमा एकजना स्वर्ण व्यवसायीलाई माओवादी संगठनको नाममा धम्कीपूर्ण चिट्ठी पठाएर 50 लाख रुपियाँ माग गरिएको छ। व्यवसायीले यस घटनालाई लिएर बाउबजार थानामा सिकायत दर्ता गराएका छन् साथै कोलकाता पुलिसका संयुक्त आयुक्त (अपराध)-लाई पनि लिखित रूपमा यस बारे जानकारी दिएका छन्। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

चिनाबजार स्ट्रीट निवासी जयन्त चौधुरी नामक यस स्वर्ण व्यवसायीले शनिवार बताएका छन्, केही दिनपूर्व उनलाई एउटा अज्ञात पत्र प्राप्त भएको थियो जसमा पत्र पठाउनेको नाम लेखिएको थिएऩ, तर स्पष्ट रूपमा लेखिएको थियो कि उनले 50 लाख रुपियाँ ‘माओवादी फण्ड’-मा जमा गर्नुपर्नेछ। पैसा जमा गर्नको लागि उत्तर 24 परगना जिल्लाको देगंगास्थित हादिपुर क्षेत्रको ठेगाना दिइएको छ। पत्रमा यो पनि चेताउनी दिइएको छ, यदि पैसा दिइएऩ भने परिणाम खतरनाक हुनेछ।

कोलकाता पुलिसले अब पत्रको सत्यता, प्रेषकको पहिचान एवं पैसा माग्नुको पछाड़िको षड़यन्त्र पत्तो लगाउने प्रयास गरिरहेको छ। अधिकारीहरूको भनाइ छ, मामिलालाई गम्भीर रूपमा लिएर हरेक सम्भावित कोणबाट जाँच गरिँदैैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande