गान्तोक, 07 जून (हि.स.)। आगामी 21 जूनको दिन पालन गरिने 11औँ अन्तरराष्ट्रिय योग दिवस 2025 को तयारीको समीक्षा र अन्तिम रूप दिनका लागि आज टाशीलिङ सचिवालयको सम्मेलन हलमा राज्यका मुख्य सचिवको अध्यक्षतामा एक समन्वय बैठक सम्पन्न भयो। बैठकमा शिक्षा, खेल, पीएचई, ऊर्जा, गृह, वन, आईपीआर, जीएमसी, आईटीबीपी, पुलिस विभागका विभाग प्रमुखहरू र जिल्लापाल कार्यालयका अधिकारीहरूको उपस्थिति रहेको थियो।
राष्ट्रिय आयुष मिशनका राज्य सचिवले आफ्नो सम्बोधनको क्रममा अन्तरराष्ट्रिय योग दिवसको यस वर्षको विषय ‘एक पृथ्वी र एक स्वास्थ्यका लागि योग’ तथा विभिन्न गतिविधिबारे जानकारी गराए।
मुख्य सचिव आर. तेलाङले स्वास्थ्य तथा कल्याणको लागि एक समग्र दृष्टिकोणको रूपमा योगलाई बढ़ावा दिन सामूहिक प्रयासको महत्त्वमाथि जोड दिए। यस वर्ष हाम्रो लक्ष्य अधिकभन्दा अधिक मानिसहरूसम्म पुग्ने र कार्यक्रमलाई अधिक समावेशी बनाउनु लक्ष्य रहेको उनले बताए।
बैठकको उद्देश्य आगामी 21 जूनको दिन सम्पन्न हुने कार्यक्रमको रूपरेखा र योजनाको कार्यान्वयन सुनिश्चित गर्नु थियो। अन्तरराष्ट्रिय योग दिवसको लागि कार्यस्थलको चयन, सहभागी, यसमा सामेल सबै हितधारकहरूको भूमिका एवं जिम्मेवारीहरूमाथि चर्चा परिचर्चा गरियो। अन्तरराष्ट्रिय योग दिवस कार्यक्रम अतिरिक्त, हरित योग, बाल योग, सखी योग, योग सामवेशको योजनाहरूको बारेमा पनि चर्चा गरियो, जहाँ सम्बन्धित विभागहरूलाई स्वयं सहायता समूह, आँगनवाड़ी र दिव्याङ्ग बालक-बालिका, पञ्चायत र समुदायहरूलाई सामेल गर्दै गतिविधिहरूलाई जारी राख्ने निर्देशन दिएको छ।
हिन्दुस्थान समाचार / प्रदीप