कोलकाता, 7 जून (हि.स.)। पश्चिम बंगालको पूर्व बर्दवान जिल्लामा शनिवार बिहान त्यसबेला कोकोहोलो मच्चियो जतिबेला एउटा खेतमा बेवारिसे ब्यागबाट नौवटा देशी बम जफ्त गरियो। पुलिसले बतायो, बमहरूलाई घटनास्थमा पुगेको बम निरोधक दलले सफलतापूर्वक निष्क्रिय बनािदियो।
स्थानीय मानिसहरूले बिहान-बिहानै खेतमा एउटा संदिग्ध ब्यागलाई देखे अनि तत्काल यसको सूचना जमालपुर थाना पुलिसलाई दिए। तत्काल पुलिस तथा बम स्क्वाड टीम घटनास्थलमा पुग्यो। ब्यागको जाँच गर्दा त्यसभित्र देशी बम भेटियो जसलाई टीमले दामोदर नदीको किनारमा पुऱ्याएर सुरक्षित ढंगमा डिफ्युज गरिदियो।
एकजना वरिष्ठ पुलिस अधिकारीले बताए, बमले भरिएको ब्याग कसरी त्यहाँ पुग्यो, कसले पुऱ्यायो भन्ने कुरा अहिले नै स्पष्ट भएको छैन। मामिलाको जाँच शुरू गरिएको छ। पुलिसले यो पनि पत्तो लगाउने चेष्टा गरिरहेको छ कि यी बमहरूलाई यसरी सुनसान क्षेत्रमा राख्नुको पछाड़ि के उदेश्य थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा