प्रतिबन्धित कफ सिरप सहित व्यक्ति पक्राउ
प्रतिबन्धित कफ सिरप सहित व्यक्ति पक्राउ


सिलगढ़ी, 7 जून (हि.स)। एनजेपी थानाको पुलिसले भारी मात्रामा प्रतिबन्धित कफ सिरप सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको पहिचान फुलबाड़ी दुई नम्बर ग्राम पञ्चायतको जोरपाकरी क्षेत्र निवासी मोहम्मद बिपुलको रूपमा गरिएको छ। पुलिस सूत्र अनुसार गुप्त सूचनाको आधारमा गए शुक्रवार राति अम्बिका नगरको गार्डपाड़ा क्षेत्रमा छापा मारेर एकजना मानिसलाई पक्राउ गरियो। जाँच गर्दा उक्त व्यक्तिको ब्यागबाट ठूलो संख्यामा प्रतिबन्धित कफ सिरप जफ्त गरियो। त्यसपछि आरोपी व्यक्तिलाई पुलिसले पक्राउ गऱ्यो। एनजेपी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande