नयाँ दिल्ली, 07 जून (हि.स)। रिजर्भ ब्यांक अफ इण्डिया (आरबीआई)-ले नीतिगत ब्याज दर रेपो रेटमा 0.50 प्रतिशत कटौती गरेपछि सार्वजनिक क्षेत्रको पञ्जाब नेशनल ब्यांक (पीएनबी)-ले आफ्नो ब्याज दरमा 50 आधार अंक अर्थात 0.50 प्रतिशत कटौती गर्ने घोषणा गरेको छ। ब्यांकको यस कदमबाट वर्तमान अनि नयाँ उधारकर्ताहरूलाई सहयोग मिल्नेछ। नयाँ दर 9 जून, 2025-देखि लागू हुनेछ।
पञ्जाब नेशनल ब्यांकले ‘एक्स’-मा जारी पोस्टमा भनेको छ, पञ्जाब नेशनल ब्यांकले ग्राहकहरूको ईएमआईलाई अझ बढ़ी सस्तो बनाइदिएको छ। आरबीआईको रेपो रेटमा 0.50 प्रतिशत कटौती (6.00 प्रतिशतदेखि 5.50 प्रतिशत) गरिएपछि पीएनबीले आफ्नो आरएलएलआरलाई 50 बीपीएस अर्थात 0.50 प्रतिशतसम्म कम गरेको छ जुन आगामी 9 जून, 2025-देखि प्रभावी हुनेछ। पीएनबीको बेञ्चमार्क रेपो-लिंक्ड बेञ्चमार्क लेंडिंग रेट्स (आरबीएलआर)-मा कटौतीसितै ब्यांकको होम लोन 7.45 प्रतिशतदेखि शुरू हुनेछ भने वाहन लोन 7.8 प्रतिशत प्रतिवर्षदेखि शुरू हुनेछ।
उल्लेखनीय छ, एक दिनअघि मात्र आरबीआईले नीतिगत ब्याज दर रेपो रेटमा अपेक्षाभन्दा अधिक 50 आधार अंक अर्थात 0.50 प्रतिशत कटौती गरेको छ। यसको साथै केन्द्रिय ब्यांकले अर्थव्यवस्थालाई प्रोत्साहित गर्न अनि अधिक धन उपलब्ध गराउनको लागि अप्रत्याशित रूपमा नगद आरक्षित अनुपात (सीआरआर)-लाई घटाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा