तृणमूल कंग्रेसको कार्यालयमा शंकर मालाकारलाई भव्य स्वागत
तृणमूल कंग्रेसको कार्यालयमा शंकर मालाकारलाई भव्य स्वागत


सिलगढ़ी, 7 जून (हि.स)। हालैमा दलबदल गर्ने शंकर मालाकार तृणमूल कंग्रेसमा सामेल भएपछि पहिलो पटक शनिवार दार्जिलिङ जिल्ला तृणमूल कंग्रेस कार्यालयम पुगे। हाँ दार्जिलिङ जिल्ला तृणमूल अध्यक्ष पापिया घोष सहित कार्यकर्ताहरूले जोशपूर्ण स्वागत जनाए। त्यसपछि जिल्ला तृणमूल नेतृत्वसित मालाकारले लामो चर्चा गरे।

वास्तवमा तृणमूलले शंकर मालाकारको अनुभव एवं लोकप्रियतालाई प्रयोग गरी दार्जिलिङ जिल्लामा विभिन्न स्तरहरूमा संगठनलाई अझ सुदृढ़ बनाउने योजना बनाएको छ। शंकर मालाकारले भने, मेरो मुख्य लक्ष्य ममता ब्यनर्जीको नेतृत्वमा मानिसहरूको लागि काम गर्नु हो। तृणमूल कंग्रेसमा सामेल भएकोमा गर्व महसूस गरिरहेको छु। उनले जिम्मेवारीपूर्वक पार्टीको काम गर्नेछन्।

यसरी नै दार्जिलिङ जिल्ला तृणमूल अध्यक्ष पापिया घोषले भने, शंंकर मालाकार तृणमूलमा सामेल भएकाले दार्जिलिङ जिल्लामा पार्टी अझ सशक्त भएको छ। मालाकारको अनुभवले पार्टीलाई नयाँ ऊर्जा दिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande