अभिषेक ब्यानर्जीको 'देश पहिला' भन्ने अपीललाई लिएर मैदानमा उत्रियो टीएमसीपी, पूर्व मेदिनीपुरमा तीव्र भयो जनसम्पर्क अभियान
अभिषेक ब्यानर्जीको 'देश पहिला' भन्ने अपीललाई लिएर मैदानमा उत्रियो टीएमसीपी, पूर्व मेदिनीपुरमा तीव्र भयो जनसम्पर्क अभियान


कोलकाता, 07 जून (हि.स.)। तृणमूल कंग्रेसको छात्र संगठन तृणमूल छात्र परिषद (टीएमसीपी)-ले पूर्व मेदिनीपुर ज़िल्लामा जनसम्पर्क अभियान शुरू गरेको छ। यस अभियानको प्रेरणा भएको छ पार्टी नेता तथा सांसद अभिषेक ब्यानर्जीको त्यो भाषण जुन उनले हालमा इण्डोनेशियाको जकार्तामा दिएका थिए। भाषणमा अभिषेकले भनेका थिए, म विपक्षी सांसद हुँ, तर देशको सुरक्षाको प्रश्नमा पार्टीभन्दा माथि देश हो।

टीएमसीपीले यस सन्देशलाई केन्द्रमा राखेर कलेज, चिया पसल, बजार, कोचिंग सेन्टर एवं सोशल मीडियाको माध्यमबाट प्रचार गर्न शुरू गरेको छ। संगठनको दाबी छ, यस अभियानलाई सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेको छ विशेष यस कारणले किनभने यसमा पार्टीको झण्डा वा ब्यानर प्रयोग गरिएको छैन।

छात्र परिषदका एकजना सदस्यले बताए, “कतिपय मानिसहरू तृणमूल विरोधी हुनसक्छन्, तर देशभक्तिको प्रसंगमा उनीहरूले अभिषेक ब्यानर्जीको यस बयानलाई बेवास्ता गर्न सकिरहेका छैनन्। यसैबाट नयाँ छात्र-युवाहरूलाई जोड़्नमा सहयोग प्राप्त भइरहेको छ।”

टीएमसीपीका पूर्व राज्य समिति सदस्य आबेद अली खान तथा जिल्लाका वरिष्ठ नेताहरूले मिलेर यस अभियानको योजना बनाएका थिए। गत 27 मईमा तृणमूलको तमलुक संगठन जिल्ला अध्यक्ष सुजीत कुमार राय अनि जिल्ला परिषदका सभाधिपति उत्तम बारिकको बैठकमा यस रणनीतिलाई स्वीकृति दिइएको थियो। त्यसपछि जिल्लाका 24 वटा कलेजहरूका विद्यार्थीहरूलाी व्हाट्सएपको माध्यमबाट सन्देश पठाइँदैछ।

अभियान अवधि प्रचारित सन्देशमा भनिएको छ, “अभिषेक ब्यानर्जीले आतंकवाद विरूद्ध विदेशमा भारतको पक्ष सशक्त ढंगमा राखे। उनले पार्टीदेखि माथि देशलाई राख्ने कुरा गरिरहेका छन्। यस्तो देशप्रेमको आज देशलाई खाँचो छ।”

यद्यपि विपक्षी छात्र संगठनहरूले यस अभियानलाई लिएर आलोचना गरिरहेका छन्। एबीवीपीको पूर्व मेदिनीपुर जिल्लाका सह-प्रमुख दिव्येन्दु सामन्तले भने, “अभिषेक ब्यानर्जीले यी सबै युवाहरूलाई आकर्षण गर्नका लागि गरिरहेका छन् जबकि उनीहरूको पार्टीले स्वयं बंगालमा हिंसालाई प्रेरित गरिरहेको छ।”

एसएफआईका जिल्ला सचिव जाकिर हुसैन मल्लिकले अभियानलाई “हाँस्यास्पद” बताउँदै भने, “अभिषेक ब्यानर्जीको पार्टीले राज्यको शिक्षा व्यवस्थालाई ध्वस्त बनाएको छ। उच्च माध्यमिकको परिणाम घोषणा भएको महिनौं बितिसक्दा पनि अहिलेसम्म कलेजहरूमा प्रवेश प्रक्रिया शुरू भएको छैन। यस नक्कली देशभक्तिबाट कुनै प्रभाव पर्नेछैन।”

राजनीतिक विश्लेषकहरूको मान्यता छ, तृणमूल कंग्रेसले आगामी वर्ष 2026-को विधानसभा चुनाउलाई मध्यनजर गर्दै अब ‘देशभक्ति’-लाई आफ्नो नयाँ हतियार बनाइरहेको छ ताकि युवाहरूको माझमा पुनः प्रभाव जमाउन सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande